कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित
२१ मंसिर, २०७३
भक्तपुर, मङ्सिर २१ । राष्ट्रिय परीक्षा बोर्ड सानो थिमीले आज कक्षा ११ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । गत जेठमा उच्चमाध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा ३९ दशमलव ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा एक लाख सात हजार ९९५ विद्यार्थी सहभागी भएकामा ४२ हजार ७९९ उत्तीर्ण भएका छन् । विगतका वर्षमा कक्षा ११ को नियमित र आंशिकको नतिजा एकै पटक प्रकाशन गरिए पनि यस पटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको अर्यालले बताउनुभयो । उनले भने–“एकै पटक नतिजा सार्वजनिक गर्दा कक्षा १२ पास भएका तर कक्षा ११ मा एक वा दुई विषयको आंशिक परीक्षा दिएका विद्यार्थीले माथिल्लो तह पढ्न अर्को एक वर्ष पर्खनुपर्ने भएकाले आंशिकको नतिजा छिटो सार्वजनिक गरेका हौँ ।” कक्षा १२ उत्तीर्ण भइसकेका तर कक्षा ११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले अब स्नातक तह अध्ययन गर्न पाउने छन् । कक्षा ११ को नियमित परीक्षाको परीक्षाफल भने आगामी पुस १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । रासस
दुई लाख सहयोग पत्रकारको परिवारलाई
२१ मंसिर, २०७३
लैङ्गिक विभेद अन्त्य गर्नुपर्नेमा जोड
२१ मंसिर, २०७३
संविधान संसोधन विधेयकबारे यसो भन्छन डा. शंशाङ्क
२१ मंसिर, २०७३
स्थानीयको सहयोगमा बन्यो आश्राङमा प्रहरी चौकी
२१ मंसिर, २०७३
अर्घाखाँची बन्द फिर्ता
२१ मंसिर, २०७३
बन्दले जनजीवन कष्टकर
२१ मंसिर, २०७३
नेपालका शिक्षकबारे यसो भन्छन् शिक्षामन्त्री पौडेल
२१ मंसिर, २०७३
आगलागीबाट पाँचलाखको क्षति
२१ मंसिर, २०७३
सदन बहिस्कारका लागि लोकमान-ओली साँठगाँठ ?
२१ मंसिर, २०७३
कङ्गोमा झडप हुँदा तेइसको मृत्यु
२१ मंसिर, २०७३
चितवनमा ट्रक र माइक्रोबस जुध्दा चालकको मृत्यु
२१ मंसिर, २०७३
दोलखामा १९ महिनामा २३ वटा मात्र विद्यालय निर्माण
२१ मंसिर, २०७३
मेलम्चीमा भेटिएको पहेंलो पदार्थ सुन नभएको पुष्टि
२१ मंसिर, २०७३
कांग्रेसले अझै गरेन संस्थागत निर्णय
२१ मंसिर, २०७३
घट्यो हवाइ इन्धनको मूल्य
२१ मंसिर, २०७३

