बाख्रोलाई भैंसी देख्ने अोलीको ‘नौलो राष्ट्रवाद’
२२ मंसिर, २०७३
पवनराज फुयाल नेपाली कम्यूनिष्ट आन्दोलनका प्रखर बक्ता भनेर चिनिने ब्यक्ति मदन भण्डारीले पञ्चायतपछिको प्रजातान्त्रिक अभ्यास सुरू हुदा संबैधानिक राजतन्त्रको परिधिभित्र परम्परागत प्रजातान्त्रिक प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसको बीचमा पार्टीको अस्तित्व कसरी जोगाईराख्ने भनेर केही नौलो बिचारको आविष्कार गरे । जसलाई अहिलेको नेकपा एमालेले “मदन भण्डारीको बहुदलीय जनवादको नाममा पार्टीको मार्गनिर्देशक सिद्धान्त मानिआएको छ । २०६३/६४ यता जब माओवादी शान्ति प्रक्रियामा आएपछि एमाले र माओवादी पार्टीबीचको बैचारिक राजनीतिक टकरावले हाल देश नै गम्भीर चुनौतिमा फसेको छ । संबिधान निर्माण प्रकृयादेखि अहिले संबिधान कार्यान्वयनको चरणमा आउदासम्म दुई पार्टीको अन्तरबिरोधी र मतभिन्नता चरम उत्कर्षमा पुगेको छ । लगभग अबको चुनावसम्म दुईमध्य एक पार्टीको अस्थित्व नै संकटमा पर्ने अवस्थासम्म आईपुग्दा बर्तमान राजनीतिक बृतका एकदमै चतुर खेलाडी सावित नेकपा एमालेका अध्यक्ष केपी ओलिले दोस्रो संबिधानसभा अगाडिनै छिन्नभिन्न र कमजोर बनेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बिरुद्ध प्रचण्डकै जनयुद्धकालिन राष्ट्रवादी अश्त्र प्रहार गरेका छन् । भारतिय बिस्तारवाद जस बिरुद्ध हिजो प्रचण्डले हतियार उठाएको भनेका थिए आज परिस्थिति यस्तो बनिदियो कि त्यहि राष्ट्रवादको उल्टो प्रहारले प्रचण्डलाई सिध्याउन केपी ओली लागिपरेका देखिन्छन् । हिजो शान्ति प्रक्रिया, संबिधान निर्माण र केही महिना अघिसम्मका सत्ता साझेदार प्रचण्ड बिरुद्ध केपी ओलीले आविष्कार गरेको यो “नौलो राष्ट्रवाद”! साच्चिकै “नौलो राष्ट्रवाद”!! ‘हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ?’ प्रचण्डबाट जबर्जस्ती खोसेर प्रचण्डकै बिरुद्ध प्रयोग गरिएको अश्त्र नक्कली बनावटी र भ्रामक छ जुन हिजो उनीलाई चाहिएको थिएन तर आज शख्त जरुरत पर्नाको कारण संकास्पद र विस्वासयोग्य देखिएन । यो एमालेको पुरानै चरित्र हो आफ्नो खास एजेन्डामाभन्दा नि जतिबेला जे भनिदिँदा जनतालाई भ्रममा पार्न सकिन्छ त्यहि अश्त्र प्रयोग गर्ने ! हिजो देशमा गणतन्त्रको बहस हुँदा बयलगाढा चढेर अमेरिका पुग्ने सपनाको संज्ञा दिने तर देश गणतन्त्रमय भए पछि गणतन्त्रै आफुले ल्याएको भन्दिने ! हिजो ०४७ सालको संबिधान नै विश्वको उत्कृष्ट भन्ने एमाले आज नयाँ संबिधान आफ्ना कारणले आएको भनिदिन पछि नपर्ने ! हिजो पटकपटक प्रतिगमन सच्चिएको भनेर दाम चाढाउने एमाले राजसंस्थै आफुले फालेको भनिदिने ! हिजो महाकाली लगायत नदिनाला भारतलाई बेचेर देशलाई धनी बनाउने सपना देखाउने एमाले आज जनतालाई देखाउन उग्रराष्ट्रवादको चरित्र प्रदर्शन गर्ने ? हिजो भारतीय दुतावासबाट करोडौं पैसा लिएर पार्टी चलाउने उनकै भारूमा चिल्ला गाडीमा सयर गर्ने आज एक्कासि गरेको बिरोध कसको बिरुद्ध? साच्चिकै भारतीय बिस्तारवाद बिरुद्ध या प्रचण्ड र शेरबहादुरको सत्ता बिरुद्ध सिमित ? सत्ताबाट बाहिरिनासाथ एमालेका कथित राष्ट्रियतावादी हर्कतहरू छरपस्ट भएका छन् । हिजो जसले उनलाई काँध हालेर प्रधानमन्त्रीको कुर्सीमा बसाए उनलाई बधाई दिनु त परै जावस उनिसँग हात मिलाउन र भेट्नु पनि राष्ट्रघाती भनेर आउदा दिनका आवस्यक सहकार्य र सहमति गर्ने नैतिक ढोका नै बन्द गरिदिए । भलै भारतले उनलाई नरुचाएकोले हटाउन र हटेको हेर्न चाहेको बेला प्रचण्डलाई मौन समर्थन भारतले पक्कै गरेको बुझिएकै हो तर उनै प्रचण्ड संसदको प्रमुख ठुलो दलको समर्थनमा प्रधानमन्त्री बन्दा कसरी रातारात राष्ट्रघाती भए? यसैबाट प्रष्ट हुन्छ केपी ओलीको राष्ट्रियताको नारा खोक्रो आडम्बर र सत्ताबाट ओर्लिनु पर्दाको चरम प्रतिशोध मात्रै हो भन्ने कुरा । संबिधान जारी गर्दा र केपी ओली आफैँ प्रधानमन्त्री हुदादेखि नै असन्तुष्ट मधेसीको माग संबोधन गरेर संबिधानको स्विकार्यतालाई बढाउदै संबिधान कार्यान्वयन र विभिन्न तहका चुनावहरु गर्ने बटमलाईन अहिलेका प्रमुख दलहरूको हैन र? त्यसैको लागि ओलीले पटकपटक वार्ता र संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेकै हुन लगत्तै प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेपछि त्यहि प्रस्ताव राष्ट्रघाती र भारतको माग कसरी भयो ? एमालेले केहि समय अघि प्रचण्डले संसदमा प्रस्ताव गरेको संशोधनका हरेक बिषयलाई कथित राष्ट्रियतासँग जोडेर झनै गैरजिम्मेवार प्रबृत्तिलाई निरन्तरता दिईरहेको छ: नागरिकता सम्बन्धि ब्यवस्था पुरानै अन्तरिम संविधानमा भएको ब्यवस्था गर्न लागिएकोलाई बङ्ग्याएर भारतीयलाई देशका प्रमुख पदहरू दिन लागेको राष्ट्रघाती कुप्रचार गरिरहेको छ । ५ नम्बर प्रदेशको सिमांकनका सम्बन्धमा त आज प्रचण्डले प्रस्तावित गरेको सिमाना हिजो एमाले आफैँले प्रस्ताव गरेको थियो । आज त्यहि कुरा गरेर मधेसको असन्तुष्टि साम्य पार्न प्रयास गरिँदा कुन नैतिकताले दियो एमालेलाई तराईका जिल्ला भारतलाई बुझाउन लागेको भनेर होहल्ला गर्न ? यद्यपि प्रदेशको सिमांकन र बिभाजन न हिजोको एमाले सहितका सबै दलले ल्याएको सात प्रदेश या अहिले प्रचण्डले प्रस्ताव गरेको परिमार्जन नै जनताको भावना अनुसार छ! वास्तवमा संघीयताको मोडल नै जनताको सम्बृध्दिको चाहना अनुसार छैन । मात्रै अहिलेको केन्द्र सत्तामा हालिमुहालि गर्न नपाएकाहरूलाई भोलि शक्तिशाली छोटेडन भएर राज गर्ने अनि सत्ताको केन्द्रमा रहनेलाई डनहरूको राजा बन्ने महत्वकांक्षा अनुसार संघीयता जबर्जस्ती लादिएको हो । ‘त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ ।’ ५ नं पदेशको सन्दर्भमा प्रचण्डले हिजोकै एउटा सहमति बमोजिमको हेरफेर गर्दा जनचाहनाको नेतृत्व एमालेले गर्नु ठिक तर देश नै बेच्न लागेको भन्दा देश बेचेको भागिदारी आफुपनि हुन तयार हुनुनपर्ने गरि कोकोहोलो मच्चाउनु नक्कली उद्देश्यका लागि हो भन्ने बुझिन्छ । खास कुरा के हो भने बुटवल दाङ लगायतका तराई बेल्टमा पर्ने ठाँउहरूबाट त्यहाँका रुकुम रोल्पा र अर्घाखाँची जस्ता पहाडी जिल्लाहरुलाई अलग गर्दा जनतालाई मर्का पर्ने र असुबिधा हुनसक्ने कुराको चासो हो जुन एकदमै स्वभाविक छ । त्यसैका लागि त्यहीँका धेरै जनता र स्वयम् सत्तारूढ काङ्ग्रेस र माओवादीकै नेताहरू पनि सडकमा छन् । तर एमालेको जोड यो वास्तविकतामा भन्दा पनि राष्ट्रियतामा भएको छ । तर एमालेको भनाई पहाडबाट अलग गरिएका जिल्लाहरू भारतलाई बुझाउन लागिएको भनेर जनताको सेन्टिमेन्ट र स्वयं राष्ट्रियतामाथि नै गम्भीर चुनौति दिने खालको छ । यसले के निहुँ पाऊँ भनेर बसेका राष्ट्रघातीहरूलाई नै मलजल पुगेको छ । यस्तै हो भने सप्तरीदेखि सिराहसम्मको पहाडरहित भुभागलाई पनि केपी ओलीले भारतकै इसारामा हस्ताक्षर धस्काउनु भएको रहेछ भन्नुपर्यो । भाषाका सम्बन्धमा भाषा आयोगको सिफारिसमा मातृभाषाहरुलाई संविधानको अनुसूचीमा सामेल गर्ने भनिएको छ । र, सरकारी कामकाजको भाषा कुन प्रान्तमा के हुने मिलाउन सक्ने भनिएको छ । तर एमालेले यसै बिषयलाई हिन्दीलाई राष्ट्रिय भाषा बनाएर राष्ट्रघात गर्न खोजिएको बताउने गरेको छ । अब उहाँहरूले नै बताइदिनुपर्यो कहाँबाट आउछ नेपालमा हिन्दी भाषाको कुरा? यस्ता भ्रामक हावादारी कुराको खेती गरेर बनेको राष्ट्रवादी चरित्र कतिन्जेल टिक्ला बिचार गरौँ? सरकार वा कुनै पक्षबाट कमिकमजोरि हुनसक्छन भनेर सचेत गराउने दायित्व प्रतिपक्षी धर्म हो तर के यस्ता दुस्प्रचार गरेर भोलिका दिनमा यी सबै राष्ट्रघाती आरोप गलत साबित हुँदै गएपछि के तर्क गरेर आफ्नो राजनीतिक मुखुण्डो जनतासामु देखाउने ? जहाँजहाँ एमालेले चुनौतिपुर्ण र गम्भीर आरोप लगाएको छ त्यहिँ आरोपहरू खण्डित हुँदै गइरहेका छन् । यस्तो राष्ट्रवाद पक्का पनि सक्कली हुनै सक्दैन । र यो राष्ट्रियता वनावटी हो सत्ताबाट बहिर्गमन हुनुपर्दाको छट्पटी मात्रै हो भन्ने कुरा स्वयम् एमालेका अतिरञ्जित कपोलकल्पित र बिबादास्पद आरोपहरुबाटै प्रष्ट भईरहेका छन् । यस्तो लाग्छ राष्ट्रियता केपी ओलीको ठेक्का हो अरु कसैलाई नेपाल र नेपाली हुँ भन्ने छैन जुन हिजो उनलाई कहिले पनि चाहिएको थिएन । ‘यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि ।’ तर आज राष्ट्रियताको नारा यसरी उठाइरहेका छन् कि सरकार र प्रचण्डले लोडसेडिङको अन्त्य गर्छु भनेपनि राष्ट्रघात देख्न लागे, फास्ट ट्रयाक आफैँले बनाउछु भने नि राष्ट्रघात या भारत लगायत छिमेकीसँगको बिग्रेको सम्बन्ध सुधार गर्छु भनेनि राष्ट्रघात, हुदाहुदा मधेस र मधेसीका मागहरू सम्बोधन गर्ने बिषयलाई नि राष्ट्रियतासँग जोड्ने केपी ओलीको नौलो राष्ट्रवाद! राष्ट्रियताको कुरा उठाउदा हामी आफैँ झुक्नुपर्ने अवस्था नआओस् । यस्तो जटिल बिषयमा जथाभावी बोल्ने ओली र एमालेले आफ्नो हिजोको कालो पोतिएको अनुहार पनि हेर्ने कि । आफ्नो घर मजबुत बनाउने प्रचण्डले गलत गरे सच्याउने उपायहरू धेरै छन् तर एकजना प्रचण्डको बिरोध गर्दा तीन करोड नेपाली जनताको स्वाभिमान माथि चोट पुर्याउनु गलत भयो । एकातिर एमालेको अन्ध राष्ट्रवादको बौलठ्टी हुटहुट र अर्कातिर पुरै तराईलाई छुट्टै प्रदेश दिनुपर्ने अमुक र वास्तवमै राष्ट्र बिरोधि नारा मधेसवादी भनेर चिनिएका केही कथित मधेसी जनताका प्रतिनिधी हुँ भन्ने मुठ्ठीभर नेताहरूका कारण राष्ट्रियता गम्भीर खतरामा परेको अवस्था छ । व्यक्तित्व र परिस्थिति जेजस्तो भएपनि जोखिमपूर्ण र पछिल्ला उपलब्धिहरूलाई हेर्ने हो भने केपी ओलीभन्दा प्रचण्डको योगदान र त्याग महत्त्वपूर्ण रहेको छ । राजतन्त्रको अन्त्य, गणतन्त्र र संबिधानमा केपी ओलीभन्दा प्रचण्डको योगदान अहम छ । यसैपनि देश गणतन्त्रमय हुँदाहुँदै नै केपी ओलीले बयलगाढाका तुक्का जोडेर गणतन्त्रको उपहास गरेका थिए र केही महिनाअघि मात्रै पनि संघीयता बाख्रोलाई भैँसीको टाउकोको संज्ञा दिएका थिए । वास्तवमा भन्ने होभने गणतन्त्र प्रचण्डले सबैलाई लटरपटर बनाएर आएको हो । केपी ओलिहरूले आजका धेरैजसो उपलब्धिहरू तत्कालीन अबस्थामा बाध्यताले स्विकार गरेका थिए । ‘चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ ।’ उखान र तुक्का जोडेर जस्तोसुकै गम्भीर बिषयलाई पनि हावामा उडाउने चतुरकलामा माहिर केपी ओलीले यहि कलाका कारण पछिल्लोपटक प्रधानमन्त्रीको कुर्सी छाडेपछि पनि यस्तै हावादारी भ्रामक होहल्ला गरेर आफ्ना कार्यकर्ताहरूमाझ लोकप्रियता कमाउनेमा निरन्तरता पाएका छन् । संबिधान जारी गरेपछि भद्र सहमति बमोजिम प्रधानमन्त्री पाउने आशामा शासकिय स्वरूप लगाएतका जटिल र महत्वपूर्ण बिषयमा धेरै आफ्नै पार्टीको मान्यता र घोषणा बिपरित प्रचण्डलाई बाईपास गरेर नेपाली काङ्ग्रेसको एजेन्डामा हस्ताक्षर धस्काउनमा हतारहतार गरेर आफूले संबिधान जारी गरेकोसम्म भन्न भ्याउने खेलाडीलाई शुसिल कोईरालाले नछाडेपछि उनै प्रचण्डले एमालेलाई तेस्रोपटक नयाँ प्रधानमन्त्रीको रूपमा केपी ओलीलाई काँध हाले । जतिबेला नेपाली जनतालाई भारतले लगाएको नाकाबन्दीले जरजर बनाएको थियो । त्यसबेला पनि प्रचण्डले हामी कसैका एसम्यान हैनौ भनि केपी ओलीको दायिना भएर काम गरेका कारण रातारात केपी ओली राष्ट्रबादी बन्न पुगे । यसबिचमा उनले घरघरमा ग्याँस पाइपलाई जोडिदिने, पहाडी रेल बनाउने, पानी जहाज किन्ने आदि जस्ता दिर्घकालीन योजना र सुझबुझपुर्ण बिषयलाई क्षणिक हावादारी तरीकाबाट उखान तुक्का मिलाउने नियतले हल्ला फैलाए । चीनसँग पारबहन लगाएतका सम्झौता गरिनेछ भन्ने कुरा मात्रै भएका हुन तर काम शुन्य रहेको हो । संबिधान जारी गरेदेखि नै असन्तुष्ट मधेसी दलहरुलाई सहमतिमा ल्याउनको सट्टामा बिहार भारत र मोदीसँग माग राख भन्ने आशयको ओलीको बारम्बारको प्रतिक्रियाले समग्र मधेसी जनताले नै मन खिन्न भई तराई र पहाडबीच मै दुरी बढेको छ । अन्तत: सत्ता साझेदार प्रचण्डसँग गरेको भद्र सहमति नै गरेको हैन भनेर चिड्याए पछि प्रचण्डले समर्थन फिर्ता लिइका थिए जसका कारण पदबाट हट्ने अबस्था आएको थियो । अनि केपी ओलीले प्रचण्ड र माओवादी नामको बर्ग दुश्मनसँग लड्ने नयाँ औजार र सिद्धान्तको प्रतिपादन गरे त्यहि हो केपी ओलीको “नौलो राष्ट्रवाद” ! ‘प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् ।’ हिजो सत्ता साझेदार रहँदा प्रचण्ड खुब राष्ट्रबादी थिए उनकै दायाँबायाँ बसेर चर्काचर्का भाषण गरेर भारतलाई गाली गर्ने केपी ओली प्रचण्डले साथ छाड्नासाथ भारतलाई गर्ने गाली र आरोपहरू प्रचण्डमाथि बर्साउन पुगे । हिजोसम्म कट्टर राष्ट्रवादी प्रचण्ड केपी ओलीलाई समर्थन फिर्ता दिनासाथ दलाल र राष्ट्रघाती बने । र प्रचण्डले प्रधानमन्त्रीको पद पाउनासाथ देश भारतलाई जिम्मा लगाइदैछ भन्ने आरोप प्रचण्ड माथि तेर्स्याएका छन । यसैबीच केही बिषयहरू अहिले राजनीतिक बृतमा बिवादास्पद बनेका छन् जुन बिषयहरूलाई लिएर प्रचण्डको व्यापक आलोचना हुने अवस्था समेत पैदा भएको छ । प्रचण्डले हिन्दीलाई राष्ट्रभाषा बनाउदैछन्, अंगीकृतलाई देशका प्रमुख अंगमा अधिकार दिदैछन्, फास्ट ट्रयाक लगाएतका राष्ट्रिय महत्त्व र गौरवका आयोजना भारतलाई सुम्पिदैछन् भन्ने कपोलकल्पित भ्रमहरू फैलाएर आफुलाई नक्कली राष्ट्रवादी भएको प्रमाण आफै दिदैछन् । जबकि यी बिषयहरू प्रचण्डले आफ्नो र सरकारको एजेन्डा हैन भनि प्रष्ट पारिसकेको अवस्था छ र यससम्बन्धी केही सकारात्मक र जनपक्षीय कार्यहरूको थालनीको सुरुवात प्रचण्डले गरिसकेका छन् । हुनत सरकारमा हुनेलाई कठपुतली दलाल भन्ने चलन नयाँ हैन तर यसपटक एमालेले प्रदर्शन गरेको राष्ट्रवाद नौलो र अन्तिम अश्त्रको रूपमा लिएको छ । यसको मुख्य कारण माओवादी र प्रचण्डको कमजोर बन्दै राजनीतिक साख: समाप्त गरेर प्रचण्डका कारण गुमेको आफ्नो पुरानो बर्चस्व फिर्ता गर्नु हो । शान्ति प्रकृयालाई टुंगो लगाउने क्रममा प्रचण्डले धेरै सम्झौताहरू गर्नुपरेको थियो जसको मूल्य ठुलै चुकाउनुपर्यो । यसको फाईदा प्रत्यक्ष रूपमा एमालेले उठाईरहेकै छ । जतिसुकै राष्ट्रवादी चरित्र देखाएर आरोप प्रत्यारोप गरेपनि संबिधानको कार्यान्वयन र संशोधन र आगामि चुनाव लगायतका कार्यहरू सम्पन्न गर्न कम्तिमा सबै प्रमुख राजनितिक दलहरुले सहमति गर्नुको बिकल्प नभएको अवस्था र हाम्रो भुराजनितिक जटिलका कारण प्रतिपक्षमा रहँदा सत्तापक्षलाई दलाल, कठपुतली र राष्ट्रघातिको आरोप लगाउने सन्दर्भलाई ख्याल गरि एमाले र केपी ओलीले राष्ट्रियताको नाममा आफ्नै स्वाभिमानमै ठेस पुग्नेखालका अभिव्यक्ति बन्द गर्दै भोलिका दिनमा पुनः यिनै राष्ट्रघाति भनिएका प्रचण्ड र शेरबहादुरहरुसँग सहमति र सहकार्य गर्ने नैतिक धरातल नगुमाई संसद र सडकमा रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न आवस्यक छ । यसबाट एकातिर अस्थिरता र आन्तिरिक द्वन्द्वका कारण आफ्नो स्वार्थमा खेल्न चाहने वाह्य शक्तिहरु निरुत्साहित हुनेछन् भने अर्कातिर आन्तरिक एकता मजबुत भई सबैले चाहेको संबिधानको कार्यान्वयन हुनेछ । जसले लामो झन्झटिलो खर्चिलो सङ्क्रमणकालको अन्त्य भई आर्थिक सम्बृध्दितर्फ जान सकिन्छ । लेखक कतारमा आईटी इन्जिनियरको रूपमा कार्यरत छन्
साइबर क्राइम बढ्दोः अपराध महाशाखा
२२ मंसिर, २०७३
भोजपुर जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै
२२ मंसिर, २०७३
पर्वतमा दुई राप्रपाबीच एकता, अध्यक्षमा भुसाल
२२ मंसिर, २०७३
मोबाइलमा नेटवर्क टिपाउन चार घण्टा हिंड्नुपर्ने
२२ मंसिर, २०७३
अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन
२२ मंसिर, २०७३
फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त
२२ मंसिर, २०७३
अवकाश उमेर हद ‘६० वर्ष’
२२ मंसिर, २०७३
आन्तरिक हवाई भाडा ६ वर्षयताकै सस्तो
२२ मंसिर, २०७३
राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
२२ मंसिर, २०७३
माइतीघर–त्रिपुरेश्वर फ्लाइओभर बन्ने
२२ मंसिर, २०७३
बुटवल बन्द फिर्ता
२२ मंसिर, २०७३
क्यान्सरपीडित चौधरीलाई सहयोगका लागि आग्रह
२१ मंसिर, २०७३

