कर्णालीका लागि प्रधानमन्त्रीका यी १० घोषणा
२४ मंसिर, २०७३
सुर्खेत, मंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना बनाएक छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । उनले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली सेनाद्धारा निर्माणाधिन खुलालुलैफु कालीकोटवाट सिमीकोटसम्मको सडकका लागि बजेट व्यवस्था भई सकेको छ । डोल्पा सदरमुकामलाई एकवर्ष भित्र र हुम्ला सदरमुकामलाई दुई बर्ष भित्र सडक सन्जालमा जोडिने कार्यक्रम रहेको छ । २.कर्णाली लगायतका विभिन्न भौगालिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यवसायिक उत्पादन बृद्धिका लागि ज्ञान शीप प्रविधी र अनुदान उपलव्ध गराइनेछ । सार्वजनिक निजी साझेदारीमा सुर्खेतमा जडीबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापना गरिनेछ । ३.कर्णाली लगायतका हिमाली र उचच पहाडी क्षेत्रमा आवासीय विद्यालय विस्तार गरिने नीति रहेको छ । यसको कार्यान्वयनका लागि पहल गर्नु हुनेछ । ४.अछाम, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, क्षेत्रलाई समेटेर पर्यटनको एकिकृत विकासका लागि कुसेमुसे चाखुरे पर्यटन एकिकृत विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ। यसमा समवद्ध सवैले पहल गर्नका लागि आग्रह गर्दछु । मैले याहा उल्लेख गरेका वाहेक पनि धेरै कार्यक्रमहरु बजेट तथा कार्यक्रममा परेका छन । सरकारी निकाय र तपाई निजी क्षेत्रका संघ संस्थाहरुले पहल गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु । अन्य तपाईहरुले सुझाव गरेका र माग राखेका तपसिलका कार्यक्रमहरुलाई तपसिल बमोजिम सम्वोधन गर्न चाहान्छु । १) कर्णाली क्षेत्रको प्रवेश विन्दुको रुपमा रहेका सुर्खेतमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बिशेष योजना तथा कार्यक्रम मार्फत सम्वोधन गरिनेछ । साथै प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने तथा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक प्रकया आरम्भ गरिनेछ । यस क्षेत्रमा संभाव्यताका आधारमा सिमेन्ट कारखाना लगायतका कारखाना स्थापना गर्न प्रोत्साहन गरिनेछ । २) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्गलाई दुई लेन बनाउने सम्वन्धमा र सुर्खेत —सल्यान—दांग सडकको स्तरोन्नति गरी डबल लेन बनाउन आवश्यक प्रक्रिया शुरु गरिनेछ । त्यस्तै गरी सुर्खेत दैलेख हुँदै महाबु कालिकोट जुम्ला डबल लेन सडक निर्माण कार्यको आवश्यक प्रकृया थालनी गरिनेछ । ३) सुर्खेत लगानी वर्ष २०७३ द्धारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनेछ । ४) सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए विद्युत प्रशारण लाईनमा अविलम्ब जोडने माग सम्वोधन गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । ५) विभिन्न कारणले रोकिएका चौकुने सिमेन्ट कारखाना तत्काल संचालनमा ल्याउन पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत आयोजना संचालनमा प्रकृयामा रहेको छ । नलसिड.गाड जलविद्युत सञ्चालनका ल्याइनेछ । सरकारका तर्फबाट सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको विस्तृत संभाव्यता अध्ययन गरि आगामी नीति तथा कार्यक्रमहरुमा समावेश गरिनेछ । ६) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेटोल पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाइने । ७) मुगुको रारा ताल, डोल्पाको शे फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याइने छ । ८) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चेनाङ्ला, हुम्ला सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाकाखोल्न पहल गरिने छ । ९) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्र संगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग उपलव्ध गराइने छ । जाजरकोट र कालिकोटमा प्रशस्त पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका संभाव्यता अध्ययन गरी सो को आधारमा आवश्यक व्यवस्था मिलाईने छ । १०) एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप यस आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेछ, सबै प्रदेशमा पोलिटेक्निकल इन्ष्टिच्यूट स्थापना गरिनेछ ।
संयुक्त युवा, विद्यार्थीले थप आन्दोलन गर्ने घोषणा
२४ मंसिर, २०७३
गठबन्धन तथा थरूहट थारूवान्द्वारा कैलाली बन्द
२४ मंसिर, २०७३
यसकारण भयो भोजपुर उडान बन्द
२४ मंसिर, २०७३
महोत्तरीमा शीतलहर सुरु
२४ मंसिर, २०७३
सभामुखद्वारा सदन खुलाउन पहल
२४ मंसिर, २०७३
एक वर्षमा नौ हजार घरेलु हिंसाका घटना
२४ मंसिर, २०७३
टोखा–नुवाकोट सुरुङमार्ग तयारी
२४ मंसिर, २०७३
सबै नेपालीको बैंक खाता
२४ मंसिर, २०७३
एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित
२४ मंसिर, २०७३
पूर्वगृहमन्त्रीको दुर्घटना ‘ओभरटेकले’
२४ मंसिर, २०७३
खाडी मुलुक जाने कामदारमाथि बढ्दाे ठगी
२३ मंसिर, २०७३
टाउकोमा बलले चोट लागेपछि अम्पायर रेफेल मैदान बाहिर
२३ मंसिर, २०७३
मनिषाको जन्मदिनमा विराट–अनुष्काको जोडी हिट
२३ मंसिर, २०७३
एउटा कुकुरकाे मूल्य साढे ११ करोड
२३ मंसिर, २०७३
लोकसेवामा सहभागी हुन दलितलाई निःशुल्क कक्षा
२३ मंसिर, २०७३

