बालकुमारी घटनाका दोषिलाई प्रतिवेदन अध्ययन गरेर कारबाही गर्छौं : प्रधानमन्त्री
६ फागुन, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा छानबिन समितिले दिएको रिपोर्ट अध्ययन गरी आवश्यक कारबाही गरिने बताएका छन्। आईतबार प्रतिनीधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको र आजमात्रै आफूले सो प्रतिवेदन बुझ्ने बताए । उनले अहिलेसम्म आफूले प्रतिवेदन नहेरेको भन्दै आजै हेर्ने र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गरिने बताए । उनले भने, छानबिन समितिले जो प्रतिवेदन ल्याएको छ । गृह मन्त्रालयमा छानबिन समितिले बुझाएको छ । आज मैले बुझ्दै छु प्रधानमन्त्रीको हैसियतले । अहिलेसम्म मैले हेरेको छैन । मैले हेर्दैछु। आजै मन्त्रिपरिषद् छ त्यसलाई सरकारले बनाएको छानबिन समितिले छानबिन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । उनले यस घटनालाई सरकारले गम्भिरतापूर्वक लिएर तत्काल १०/१० लाख रुपियाँ परिवारलाई दिने निर्णय गरिनुका साथै श्रम मन्त्रालयबाट सम्बन्धित कार्यालयबाट पनि रकम उपलब्ध गराउन निर्देशन भएको बताए । परिवारका एक/एक जनालाई रोजगारीको व्यवस्था गरिने पनि उनको भनाइ छ ।
चीनमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति
६ फागुन, २०८०
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
६ फागुन, २०८०
आज देशभरको मौसम मुख्यतया सफा रहने
६ फागुन, २०८०
धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते
५ फागुन, २०८०