कर्णालीको लोक संस्कृति दलित समुदायले बचाईदिएका छन्ः लेखक रिजाल
१२ बैशाख, २०८१
सुर्खेत।लेखक ओम रिजालले कर्णालीको लोक गीत र लोक साहित्य यहाँका दलित समुदायले बचाएको बताएका छन्। कर्णली लिट्रेचर फेस्टिभलको ‘किन लेख्ने, किन पढ्ने’ बहस सत्रमा वक्ताका रुपमा बोल्दै उनले कर्णालीको लोक गीत र साहित्य यहाँका दलित तथा दलित समुदायभित्रका दमाई जातीले बचाईदिएको बताए। यदि यहाँका दलित समुदायले आफ्नो संस्कृति छोडेको खण्डमा कर्णालीको संस्कृति पनि हराउने उनले बताए। ‘कुनैबेला गाउँमा साँझपख सबै परिवार जोडिएर बस्ने अनि बुबाआमाहरुले कथाहरु सुनाउने चलन थियो, यसले पछिल्लो पुस्तालाई ज्ञान बाँड्ने काम गथ्र्यो,’ उनले भने, ‘तर अहिले सामाजिक सञ्जालमा मानिसको ध्यान छ, सांस्कृतिक रुपमा हामीले धेरै राम्रा कुराहरु छोड्दै गएका छौँ।’रिजालले ‘रुँदै बग्दोछ मुगु कर्णाली’, ‘हटारु’ जस्ता कर्णालीका विषय समेटिएका पुस्तक लेखेका छन्। ‘म विगतदेखि नै कर्णाली पढीरहेको छु, लेखिरहेको पनि छु,’ रिजालले भने, ‘कर्णालीका लोकगाथाहरु अध्ययन गरिरहेको छु, अब दैलेखको देउलीगढ राज्य र मोरङको एक राज्यबिच भएको लडाइँको बारेमा लेखिरहेको छु।’ उनले पछिल्लो समय पठन संस्कृति नै कमजोर भएको बताए। त्यसमा पनि संस्कृतिसम्बन्धि आलेखहरु पढ्ने पाठकको संख्या कम रहेको उनको अनुभव छ। सत्रका वक्ता अर्का लेखक बुद्धिसागरले लेखनलाई गहिरो ढंगबाट हेरिनुपर्ने बताए।उक्त सत्रमा लेखक रमेश क्षितिज र बसन्ती शाही पनि वक्ताका रप्मा थिए।
गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी गरिदै
१२ बैशाख, २०८१
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?
१२ बैशाख, २०८१
राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज
१२ बैशाख, २०८१
कतारमा पानी निर्यातको अवसर
११ बैशाख, २०८१
उपनिर्वाचन : भोलिबाट मौन अवधि
११ बैशाख, २०८१
'कर्णाली साँच्चिकै दुर्गम रहेछ’
११ बैशाख, २०८१
कतारका अमिरको स्वागतमा तम्तयार काठमाडौं (तस्बिर)
११ बैशाख, २०८१
तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य
११ बैशाख, २०८१
थप ६३ जना लेखा अधिकृतलाई कामकाजमा खटाइयो
११ बैशाख, २०८१

