यी हुन् मन्त्रिपरिषद्को आजका बैठकका निर्णय
१० बैशाख, २०८१
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले विविध निर्णय गरेको छ । यस्ता छन् संवत् २०८१ साल वैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष पेश गर्ने । २. विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने । ३. कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने । ४. अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।
अर्थ सचिवको जिम्मेवारीमा मधु मरासिनी
१० बैशाख, २०८१
एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य
१० बैशाख, २०८१
गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज
१० बैशाख, २०८१
सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना
१० बैशाख, २०८१
समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन् अपिल
१० बैशाख, २०८१
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
१० बैशाख, २०८१
मन्त्रिपरिषद् बैठक बस्दै
१० बैशाख, २०८१
क्रिकेटर लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै
१० बैशाख, २०८१
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
१० बैशाख, २०८१
यस्तो हुनेछ आजको मौसम
१० बैशाख, २०८१

