तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा दुई हजार ७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

एकैदिन दुई हजार रूपैयाँ घट्यो सुनको भाउ, प्रतितोला कति ?

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज भने प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।  बिहीबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मुल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।  बुधवार सुनको मुल्यमा हालसम्मकै उच्च रेकर्ड राख्दै तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै विहीबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधवार तोलामा १ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्यमा बिहीबार घटेर १ हजार ८६० रुपैयाँ कायम भएको छ । 

सुनको मूल्यमा फेरि किर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।  बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।  बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँ बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको छ । 

सुनको मूल्यमा नयाँ रेकर्ड हुने क्रम जारी, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य नेपाली बजारमा आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँले बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ।  हिजो सोमबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। हिजो सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।  आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २४ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

लोकप्रिय