आरजुसहित माधव नेपालको निवासमा देउवा, माधवले के भने ?
२३ फागुन, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन् । आरजु राणा देउवालाई लिएर देउवा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाललाई भेट गर्न देउवा पुगेका हुन् । भेटमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि रहेका छन् । यसअघि मंगलबार बेलुका नेपाल निवास कोटेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर माधव नेपालसँग छलफल गरी गठबन्धनमा सहभागी गराउनेबारे माधव नेपाललाई सकारात्मक बनाएपछि देउवा सो वातावरण बिगार्न नेपालकोमा पुगेका हुन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ भनेका थिए ।जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिएका छन् । केही समयमा बैठक बसेर एकिकृत समाजवादीले सत्ता गठबन्धनमा सहभागी हुने नहुनेबारे निर्णय लिंदैछ ।
यस्तो हुनेछ आजको मौसम
२३ फागुन, २०८०
माधव निवासमा ओली र प्रचण्ड
२२ फागुन, २०८०
बारामा बस दुर्घटना : २ बालबालिकासहित १७ जना घाइते
२२ फागुन, २०८०
सत्ता गठबन्धनलाई बामदेवको समर्थन
२२ फागुन, २०८०
नेप्से ७० अंकले घट्यो
२२ फागुन, २०८०
एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल
२२ फागुन, २०८०
ट्वान्टी–२० शृंखलाको उपाधि नेदरल्यान्ड्सलाई
२२ फागुन, २०८०

