एमालेको निष्कर्ष : सत्ता समीकरणमा आएको परिवर्तन जनतामा उत्साह जगाउन सकारात्मक
२५ फागुन, २०८०
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा आएको परिवर्तन सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले जनतामा उत्साह जगाउने कुरामा सकारात्मक योग्दान दिने निचोडमा पुगिएको बैठक पछि सञ्चारकर्मिहरुसँग बताए । महासचिव पोख्रेलले भने “आज मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ । त्यसलाई सकारात्मक दिशामा अघि बढाउने कुरामा जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले एमालेका तर्फबाट सकारात्मक योगदान गनुपर्छ भन्ने निष्कर्षमा हामी रहेका छौँ,” पोखरेलले नयाँ समीकरणलाई फलदायी बनाएर अगाडि लानुपर्ने बताए ।उनले भने “जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्छ । त्यसले अनुकूलता सिर्जना गरेको छ ।” उनले नयाँ समीकरण फलदायी हुने अपेक्षा एमाले लगायत गठबन्धन दलले राखेको बताए । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारलाई समर्थन गर्न अन्य दललाई पनि आग्रह गर्ने निर्णय गरेको जानकारी दिए । एमालेले वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय सातौं केन्द्रीय कमिटीको बैठकबाट गरेको थियो। भव्य समारोह आयोजना गरेर पार्टी स्थापना दिवस मनाउने निर्णय भएको पनि पोखरेलले बताए।
एमालेको सचिवालय बैठक जारी
२५ फागुन, २०८०
सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री
२५ फागुन, २०८०
पाशुपत क्षेत्र आसपासमा यस्तो छ सवारी रुट र पार्किङ
२५ फागुन, २०८०
आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदै
२५ फागुन, २०८०
आज महाशिवरात्रि
२५ फागुन, २०८०
तेस्रो रोजवड आर्ट्स एग्जीबिशन २०८० सम्पन्न
२४ फागुन, २०८०
ओलीले बोलाए सचिवालय बैठक
२४ फागुन, २०८०
रेशमलाई निर्वाचन आयोगले दिएन अध्यक्षको मान्यता
२४ फागुन, २०८०
तीन दिन मात्रै चलेर अन्त्य भयो गण्डकी संसद् अधिवेशन
२४ फागुन, २०८०
समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला : भारत
२४ फागुन, २०८०

