आज पहाडी भूभागमा आंशिक बदली हुने
२७ फागुन, २०८०
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित देशका पहाडी आंशिक भूभागमा बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।
कांग्रेस राष्ट्रियसभा दलको नेतामा सिटौला चयन
२६ फागुन, २०८०
जसपाका मन्त्रीले आज ११ बजे शपथ लिने
२६ फागुन, २०८०
माओवादी संसदीय दलको बैठक जारी
२६ फागुन, २०८०
नेपाल हङकङसित ७३ रनले पराजित
२६ फागुन, २०८०
हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य
२६ फागुन, २०८०
नेपाल र हङकङले खेल्दैछन् मैत्रीपूर्ण क्रिकेट
२६ फागुन, २०८०
यस्तो रहनेछ आजको मौसम
२६ फागुन, २०८०
राष्ट्रपति पौडेलले गरे पशुपतिनाथको दर्शन
२५ फागुन, २०८०
काममा सम्झौता हुँदैन, गृहकार्यमा छौं : गृहमन्त्री
२५ फागुन, २०८०

