नयाँ सत्ता समिकरण बनाउन रास्वपाको मिहनेत छ : प्रमुख सचेतक परियार
२४ फागुन, २०८०
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नयाँ सत्ता समिकरण निर्माण गर्न रास्वपा र रास्वपा सभापति रवि लामिछानेको महत्वपूर्ण र निर्णायक भुमिका रहेको बताएका छन् । सो सत्ता समिकरण प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्ने गरी बनेको उनले बताए । बिहीबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा धारणा राख्दै उनले भने, “प्रश्न गर्न सजिलो छ । जब समाधान गर्ने बेला आउँछ, त्यतिबेला राजनीतिक पार्टी भाग्नुहुँदैन ।” आफ्नो पार्टी विगतमा अन्य पार्टीले गरेको जस्तो गल्ती गर्न नआएको भन्दै सांसद परियारले मुलुकको मुहार परिवर्तन गर्ने विश्वासका साथ सरकारमा सहभागी भएको बताए । “जुन दिन पार्टीले चाहेको काम गर्न सकिँदैन, त्यो दिन सत्ताबाट हट्नेछौँ”, उनले भने । राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले आम नागरिकको सपनालाई जगाएको उल्लेख गर्दै सांसद परियारले सरकारमा रहेर जनताको हित गर्ने पार्टीको एकमात्र उद्देश्य रहेको बताए । उनले संसद्लाई सुसंस्कृत अभ्यास गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । रासस
नयाँ गठबन्धन निरन्तर जान्छ : सांसद पौडेल
२४ फागुन, २०८०
दावा छिरिङलाई नागरिकता दिलाउने अधिकृत अर्याल पक्राउ
२४ फागुन, २०८०
जसपाका तीन मन्त्रीले आज शपथ लिदै
२४ फागुन, २०८०
कांग्रेसमा बेचैनी र छटपटी देखियो : एमाले
२४ फागुन, २०८०
कांग्रेस अब रचनात्मक प्रतिपक्षमा
२४ फागुन, २०८०
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
२४ फागुन, २०८०
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री
२४ फागुन, २०८०
यस्ता छन् नवनियुक्त मन्त्रीहरूका पहिलो निर्णय
२४ फागुन, २०८०
स्वास्थ्य मन्त्री बन्दै उपेन्द्र यादव आजै शपथ
२४ फागुन, २०८०
आज देशकका केही भू-भागमा बदली र हिमपात हुने
२४ फागुन, २०८०

