अस्पतालअगाडि प्रदर्शन गर्न खोज्ने पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा
२० फागुन, २०८०
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू आन्दोलित बनेका थिए । झुन्डिएको अवस्थामा पोखरेलको मृत्यु भएको रिपोर्ट अस्पतालले प्रहरी कार्यालयमा पठाएपछि उनीहरुले विरोध गरेका थिए । पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ । यही फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलभित्र झुन्डिएको अवस्थामा बालिका पोखरेलको शव फेला परेको थियो । बलात्कारपछि उनको हत्या गरिएको परिवारको आरोप छ ।
दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट
२० फागुन, २०८०
टीआरसी विधेयक अघि बढाउने शीर्ष नेताबीच सहमति
२० फागुन, २०८०
संसदका ६ समितिको बैठक बस्दै
२० फागुन, २०८०
आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
२० फागुन, २०८०

