राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त
२६ माघ, २०८०
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता भट्टराईले मन्त्रिपरिषद्को सिफारिस अनुसार पौडेल र नेपाल राजदूत नियुक्त गरिएको जानकारी दिए ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
२६ माघ, २०८०
आजबाट ई-भिसा लागू हुने
२६ माघ, २०८०
सुनचाँदीको मूल्य बढ्यो
२६ माघ, २०८०
बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो
२६ माघ, २०८०

