अध्यादेश अड्किएपछि सत्तापक्षले बोलायो बैठक
३ फागुन, २०८१
काठमाडौं । सत्तापक्षीय दलको बैठक बस्दै छ। शुक्रबार राष्ट्रिय सभाबाट अध्यादेश स्वीकृत गराउने विषयमा छलफल गरेका कांग्रेस एमालेले आज सोहि विषयमा छलफल गर्न आजको बैठक बोलाइएका हुन् । बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूको सहभागिता थियो । एकै सातामा संयन्त्रको यो तेस्रो बैठक हो । सरकारले ल्याएका ६ वटा अध्यादेश संसदका दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएपनि पनि बहुमत नभएका कारण सरकार संकटमा छ । ती अध्यादेश सदनमा पेस भइसकेका छन् । सरकारलाई समर्थन गरिरहेका दुई दल जसपा नेपाल र लोसपाले अध्यादेशमा समर्थन नगर्ने भनेका छन् ।
महान जनयुद्ध: एक टिप्पणी
१ फागुन, २०८१
जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने छः प्रचण्ड
१ फागुन, २०८१
सुनको मूल्य एक लाख ७० हजार नाघ्यो
२९ माघ, २०८१
समाजवाद हाम्रै पालामा संभव छ : प्रचण्ड
२८ माघ, २०८१

