पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ४ प्रदेशको मौसम बदली
२३ माघ, २०८१
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’
तातोपानी कुण्डको संरक्षण आवश्यकः प्रचण्ड
२२ माघ, २०८१
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले
२२ माघ, २०८१
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
१८ माघ, २०८१
समाजवादी मोर्चाले वृहत् अन्तरक्रिया गर्दै
१५ माघ, २०८१
आफ्नै देशमा पौरख गरौं : अध्यक्ष प्रचण्ड
१४ माघ, २०८१
अध्यक्ष प्रचण्ड तेह्रथुममा
१४ माघ, २०८१
सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै
१४ माघ, २०८१

