मन्त्री खनाल र राजदुत भेटघाट
२८ असार, २०७५
काठमाडौं, असार २८ । कृषि, भूमि व्यवस्थाा तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् । नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ । जापानी राजदुतसँगको छलफलमा मन्त्री खनालले नेपालका लागि रााजदुतमा नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्नका लागि शुभकामना दिनुभयो । भेटमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियाना रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । उहाँले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खनालमा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । जवाफमा राजदुत मासामिचिले नेपालसँग अर्गानिक खेती र प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताउनुभयो । त्यस्तै जर्मन राजदुतसँगको भेटमा मन्त्री खनालले निक्कै लामो समयदेखि जर्मन सरकारसँग मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै भविष्यमा पनि त्यो सम्बन्ध थप मजवुत हुने बताउनुभयो । पोष्ट हार्भेष्टिङ एवं कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालको भनाई छ । राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने एक सम्मेलनमा सहभागिताका लागि मन्त्रीलाई निमन्त्रण दिनुभएको छ ।
नेपाली युवा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मनित
२८ असार, २०७५
नेटका कर्मचारी नियन्त्रणमा
२८ असार, २०७५
‘भद्र’ र ‘रुपसी’ चीनलाई हस्तान्तरण
२८ असार, २०७५
बुधबार बौद्ध–टुसाल सडक क्षेत्र डुबानमा
२८ असार, २०७५
अझै तीन दिन वर्षा हुने, सचेत रहन आग्रह
२८ असार, २०७५
सुरक्षा खर्च बढाउन राष्ट्रपति ट्रम्पको आग्रह
२८ असार, २०७५
अवरुद्ध बिपी राजमार्ग खुल्यो
२८ असार, २०७५
आज पनि चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरिदैं
२८ असार, २०७५
भोलिसम्म भारी वर्षा हुने
२८ असार, २०७५
उपत्यकामा डुबान पीडितको उद्धार जारी (फोटोफिचर)
२८ असार, २०७५
भक्तपुरका धेरै ठाउँ डुबानमा [फाेटाेफिचर]
२८ असार, २०७५
पाल्पाकाे भालेबासमा बस दुर्घटना, १६ जना घाइते
२८ असार, २०७५
८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म !
२८ असार, २०७५
पानी छोएको भन्दै कुटपिट गर्नेलाई जेल सजाय
२८ असार, २०७५
आज ‘भद्र’ र ‘रुपसी’ चीन लगिदै
२८ असार, २०७५