एभरेष्ट दैनिक

भारत र मलेसियाका लागि राजदूतको नाम सिफारिश, के को परे ?

काठमाडौं, असार ३२ । सरकारले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको हो। त्यसैगरी सरकारले उदयराज पाण्डेलाई मलेसियाका लागि नेपाली राजदूतमा सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनाकारी दिए । भारतका लागि तत्काल राजदूत दीपकुमार उपाध्यायले गएको कार्तिकमा राजीनामा दिएपछि अहिलसम्म सो पद खाली छ । उनी समयावधि बाँकी छदैं मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न राजीनामा दिएका थिए । तर पूर्व माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ सँग पराजित भएका थिए ।