एभरेष्ट दैनिक

थमन विक हत्याकाण्डका अभियुक्त राष्ट्रिय जनता पार्टीका तर्फबाट राज्यमन्त्रीमा सिफारिस

  काठमाडौं । प्रदेश नम्बर दुईको सरकारमा राज्यमन्त्रीका लागि राष्ट्रिय जनता पार्टीले थमन बिकको हत्याका अभियोगीलाई सिफारिस गरेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाउने क्रममा हत्याका अभियोगीलाई समेत छनौट गरेका छन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा छन् । मण्डललाई उद्योग तथा पर्यटन, झालाई भौतिक पूर्वाधार र शर्मालाई सामाजिक विकास राज्यमन्त्री सिफारिस गरिएको राजपाले जनाएको छ । झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी हुन् भने शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । विक हत्याको मुद्दामा सांसद शर्मासँगै जलेश्वरका मेयर रामशंकर मिश्र पनि अभियुक्त छन् । नेपाल प्रहरीका असई थमन विकलाई मधेस आन्दोलनका क्रममा एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको थियो । महोत्तरीको जलेश्वरमा सशस्त्रका असइ थमनबहादुर विकलाईलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीले कुटपिट गरेर मारेका थिए। हेटौंडाबाट शुक्रबार बिहान महोत्तरी जाँदै गरेका असइ थमनबहादुर विकलाई आन्दोलनकारीले कुटपिट गरेका थिए । कुटपिटबाट उनको टाउकोमा चोट लागेको थियो । विकको टाउकोमा १६ टाँका लगाइएको थियो भने शरीरभर निलडाम थियो । उनी हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी जाँदै गरेको अवस्थामा आन्दोलनकारीको चपेटामा परेका थिए । उनलाई पछि जलेश्वर अस्ताल लगियो । तर उनको त्यहाँ राम्रो उपचार हुन नसकेपछि अस्पताल लैजाने क्रममा पुनः आन्दोलनकारीले महोत्तरी गाविसको अनैठा गाविसमा उनी रहेको एम्बुलेन्समा आक्रमण गरे । उनलाई एम्बुलेन्सबाट निकालेर निर्घात कुटियो र उनको त्यहीँ ज्यान गयो । उनलाई कुटेर मारेपछि आन्दोलनकारीले उनलाई ल्याइएको एम्बुलेन्समा समेत आगजनी गरेका थिए । ८ जना प्रहरी र १ नावालकको हत्या भएको कैलाली घटना सेलाउन नपाउँदै मधेशमा सशस्त्र प्रहरीका असइको हत्या गरिएको छ । आन्दोलनकारीको आक्रमणबाट घाइते भएका असइ थमनबहादुर विक एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी मारिएको बताइएको छ । उनीमाथि आज विहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनलाई बाटोमा हत्या गरिएको हो । उनलाई बोकेको एम्बुलेन्स समेत जलाइएको छ ।