एभरेष्ट दैनिक

मेलम्ची आयोजनामा कार्यरत मजदूर घाइते भए निशुल्क उपचार

मेलम्ची खानेपानी आयोजनाको निमार्ण कार्यमा घाइते भए नेपाल मेडिकल कलेजले निशुल्क स्वास्थ्य उपचार गरिदिने भएकाे छ । निर्माण कार्यका बेला  हुन सक्ने दुर्घटनाकाे मध्ये नजर गरि कामदार, कर्मचारी, स्थानीयवासीको उपचारका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र नेपाल मेडिकल कलेज जोरपार्टीबीच सम्झौता भएको हो । निर्धारित समयमा मेलम्चीकाे पानी उपत्यकावासीकाे ङरमा झार्ने लक्ष्यसहित पिआईडीले मेलम्ची खानेपानी वितरणका लागि सुन्दरीजलकाे पानी प्रसोधन केन्द्रदेखि चावहिल धोबीखोलासम्म विछ्याएका ठूला पाईपहरूकाे फ्लसिङ (सफा) गर्ने  काम चलिरहेकाे छ । खानेपानी मन्त्री बिना मगरसहितकाे टाेलीले गत साउन ८ गते सुन्दरीजल तथा मेलम्ची खानेपानीका लागि निर्माण गरिएकाे सुरूङकाे स्थलगत अध्ययन गरेकाे थियाे । स्थलगत अध्ययनका क्रममा मन्त्री मगरले फ्लसिङको कार्य तत्कालै सम्पन्न गरी परीक्षण पश्चात पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन् ।   घाइतेका लागि अस्पतालले दिने सेवा घाइतेको आकस्मिक रुपमा भर्ना गरी उपचारको व्यवस्था गर्ने, उपचारको क्रममा आवश्यक औषधि उपचारको व्यवस्था अस्पतालले गर्ने, आवश्यकता अनुसार सहज रुपमा चेकजाँच गर्ने,  सिफारीस गरि पठाएको बिरामीलाई अस्पतालमा उपलब्ध हुने मात्र औषधि उपचारको व्यवस्थाको सहजिकरण गर्ने रिफर गर्नु परे बिरामीको सम्पूर्ण उपचार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गर्ने अस्पतालकाे अाफ्नाे फार्मेसी नभएकाेले अस्पताल  भित्र रहेको निश्चल  मेडिकल सेन्टर एण्ड फार्मेसीसँग समन्वय गरी अस्पतालले विल प्राप्त गरे पश्चात भुक्तानी गरिदिने ।