एभरेष्ट दैनिक

ज्योतिलार्इ ‘मिस ब्युटी क्विन नेपाल २०१८’ को उपाधि

काठमाडौं । पाचौं सिजनको ‘मिस ब्यूटी क्विन नेपाल २०१८’ को ताज ज्योति प्रसाईंले हात पार्न सफल भएकी छन् । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस ब्युटी क्विन नेपाल २०१८’ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ पनि जितिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधिसँगै बेस्ट पर्सानालिटीको टाईटल वर्षा महर्जनले हात पारिन् । त्यस्तै थर्ड रनरअपको उपाधि सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन् । एमाजोन ईन्टरटेन्मेन्टले मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सब–टाईटलको बेस्ट स्किनमा सेल्गुइ लिम्बु, मस्ट एक्टिभ रन्जिता बिष्ट, बेस्ट स्माईल तथा मस्ट पपुलर ॠषिका थापा, मस्ट चार्मिङ निशा पौडेल, बेस्ट डिसिप्लिन आरती आले मगर, मस्ट एट्रक्टिभ अस्मिता राइ, बेस्ट फोटोजेनिक पुजा अधिकारी, बेस्ट ड्रेस सेल्गी लिम्बुले उपाधी जितिन् । विजेताले उपाधिसँगै आर्टिस्ट नेपाल, जाभिरा कस्मेटिक, पायस कस्मेटिक, भिएलसिसी, ट्रान्सिट लेडीको तर्फबाट विभिन्न गिफ्ट ह्यापर प्राप्त गरे। विगत ६ वर्षदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको संस्था एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन । हेर्नुहोस् केही तस्वीरहरु-