एभरेष्ट दैनिक

प्रधानमन्त्रीद्वारा मन्त्री र सचिवलार्इ निर्देशन

काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर समसामयिक विषयमा छलफल गरेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकारको नीति तथा, कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्री र सचिवसँग प्रधानमन्त्रीले सघन छलफल गरिरहेका छन् । जारी बैठकमा समृद्धि र विकासको आधार सिर्जना गर्ने गरी प्रभावकारी सेवा दिन ठोस् कार्ययोजना मगार्इ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो । गत असार २५ गते भएको सोही प्रकारको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने गरी लिखित कार्ययोजना ल्याई प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो । बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।