एभरेष्ट दैनिक

नुहाउन गएका २ बालकको डुबेर मृत्यु

कैलाली, असार २० । जिल्लाको गौरीगंगा नगरपालिका–११ शिवपुरमा मंगलबार साँझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। स्थानीय कटैनी खोलामा साथीहरुको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो। खोलामा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मुत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमको लागि धनगढी स्थित सेती अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।