एभरेष्ट दैनिक

‘मोडल हन्ट नेपाल २०१८’को चौथो सिजन सुरु

काठमाडौं । विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मोडल हन्ट नेपाल २०१८’ को आवेदन खुल्ला भएको जानकारी दिएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुको व्यावसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्य यस प्रतियोगिताले राखेको छ । प्रतियोगिताको पहिलो अडिसन आगामी साउन ५ गतेबाट काठमाडौदेखि सुरु हुँदैछ । काठमाडौबाट सुरु हुने अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौमा आएर सकिने छ । १८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित युवायुवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा केटा प्रतियोगिताको उचाई ५ फिट ८ इन्च र केटी प्रतियोगिताको उचाई ५ फिट ४ इन्च अनिवार्य हुनुपर्ने आयोजकको प्रावधान छ । प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाका लागि प्रशिक्षण दिइने छ ।’ इन्टरनेशनल मल्टीटक्स अवार्ड बिजेता रोजिन शाक्यको कोरियोग्राफी रहने प्रतियोगितामा पुर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तराष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केशरी शाह लगायतले अन्तिम प्रतियोगीलाई प्रशिक्षण दिनेछन् । मोडलिङ सम्बन्धि यो एकमात्र उत्कृष्ट प्रतियोगिता भएकोले चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने छ । प्रारम्भिक अडिसनमा फोटोसुट, र्याम्पवाक, एक्सप्रेसन, एटिट्युट लगायत शिर्षकमा प्रतियोगीको मुल्याङकन हुनेछ। युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले बताइन् । प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षण सहित उतारिने छ । प्रशिक्षणका क्रममा प्रतियोगीले र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण लिनेछन् । भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजमा फाइन हुने प्रतियोगिताको शिर्ष विजेताले नगद १ लाख र उत्कृष्ट तीनभित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्राण्ड मोडल अवार्ड’मा सहभागीको अवसर प्राप्त गर्नेछन् । प्रतियोगिताको पुरुष विजेताले चीनमा आयोजना हुने ‘मिष्टर ओसिस’ र महिला विजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने विभिन्न फेसन शोमा समेत सहभागीको अवसरका साथै बिभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोकले जनाएको छ ।