एभरेष्ट दैनिक

महासचिव पौडेल भन्छन्,-‘सरकार विगत सम्झैदै गीत गाएर बस्दैन, काम गर्छ’

असार १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारले हिजो यस्तो भया भनेर गीत गाएर नबस्ने बताएका छन् । धान दिवसका अवसरमा युवा संघ नेपाल र वाइसिएल नेपालद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बाताएका हुन् । उनले भने, ‘गीत गाएर होइन अहिलेको सरकार विकासको खाकासहित नीति तथा योजना अगाडि लिएर जान्छ ।’ साथै, महासचिव पौडेलले अहिलेको सरकारले गर्ने विकास कार्य कतै पनि नरोकिने स्पष्ट पारे । विकासको खाकासहित नीति तथा योजना अगाडि बढाइ सकेकाले अब देशले काँचुली फेर्ने उनको धारणा छ । महासचिव पौडेलले देशलाई कृषिमा आत्म निर्भर बनाउन आधुनिकीकरण, प्रांगारिक मलको विकास तथा विषादीको अन्त्य गर्दै लैजाने जस्ता कार्यक्रम अघि बढाइ रहेको बताए ।