एभरेष्ट दैनिक

अशोक दर्जीले पोखरामा देखाए यस्तो जादु !

बालगायक अशोक दर्जी कार्यक्रममा भाग लिन पोखरा आए । पोखरामा जारी मालेपाटन मेलामा अशोक दर्जीसंगै टंक बुढाथोकी र बुढाथोकीका छोरा पनि थिए । पहिलो पटक पोखरा आएका दर्जीले खुलेर गीत गाए । उनले गाएको ‘मनबिनाको धन’ भन्ने गीतमात्र नभई केही आधुनिक र चलचित्रका गीतसमेत गाएका थिए । दर्जी आउने भनेपछि मेलामा दर्शकको घुँईचो लागेको थियो । गीत गाउँदा गाउँदै अशोकले माईकको कुरा निकालेर हँसाएका थिए । यतिमात्र होईन, उनी काँधमा बसेर समेत आफ्ना फ्यानहरुलाई माया बाँडिरहेका थिए । हेर्नुहोस् भिडियो-