एभरेष्ट दैनिक

कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको पहिलो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । आइतबार छापावाल सुन प्रतितोला मूल्य ५७ हजार ७ सय रुयैयाँमा कारोबार भएको थियो, आज पनि प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, आइतबार तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला ५७ हजार सात चार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आइतबार चाँदी प्रतितोला मूल्य पाँच रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला मूल्य ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७७० रुपैयाँमा कारोबार भइरहेको छ ।