एभरेष्ट दैनिक

विश्वकप: एसियाली जाइन्ट दक्षिण कोरिया स्वीडेनसँग पराजित

काठमाडौं। रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘एफ’ मा आज भएको खेलमा स्वीडेनले दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । खेलको ६५ औं मिनेटमा स्वीडेनका कप्तान आन्ड्रेस ग्रान्भिस्टले पेनाल्टीमार्फत पहिलो गोल गरेका हुन । त्यही गोल जितका लागि स्वीडेनलाई प्रयाप्त भयो । निजहनी नोभगोरोड रंगशालामा बेलुका ५.४५ बजे शुरु भएको स्वीडेन र दक्षिण कोरियाबीचको खेलमा पहिलो हाफ बराबरीमा सकिएको छ ।