एभरेष्ट दैनिक

अर्जेन्टिना १–० ले अगाडि

काठमाडौं, असार २ । रसियामा जारी विश्वकप फुटबलको तेस्रो दिनको दोस्रो खेलमा अहिले अर्जेन्टिना र आइसल्याण्ड भिडिरहेका छन् । अर्जेन्टिनाका लागि सर्जियो अगिरोले खेलको १९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन । रसियाको स्पार्टक रङशालामा जारी खेलमा विश्वका चर्चित खेलाडी लियोनल मेस्सीको अर्जेन्टिना र पहिलो पटक विश्वकप खेल्दै गरको आइसल्याण्डको खेललाई फूटबलका फ्यानहरुलेब बढो चासोका साथ हेरिरहेका छन् । अर्जेन्टिनाले यस अघि दुईपटक उपाधि उचालिसकेको छ । भने सन २०१४ को उपविजेता पनि हो । रसिया विश्वकपमा उपाधि उचालेर तेस्रो पटक च्याम्पियन बन्ने दाउमा छ मेस्सीको टोली अर्जेन्टिना ।