राज्यको अपेक्षा पूरा गर्ने कार्यक्रम भएन : डा भट्टराई
३ असार, २०७५
पोखरा, असार ३ । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताउनुभएको छ । प्रेस क्लब पोखराद्वारा आज आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री डा भट्टराईले सरकारको नीति तथा कार्यक्रमले आर्थिक क्रान्तिमा परिवर्तन नदेखाउने बताउँदै परम्परालाई धान्ने किसिमबाट आएको बजेटले मुलुकको समृद्धि र विकासका अपेक्षा सम्बोधन गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । “ दुई सय वर्ष पछाडि परेको नेपाललाई २० वर्षमा परिवर्तन गर्न आवश्यक भए पनि वर्तमान सरकार त्यस अनुरुप अघि बढ्न सकेको छैन”, पूर्वअर्थमन्त्रीले भन्नुभयो, “बजेटबाट निजी क्षेत्र उत्साहित बन्न सकेको छैन, राज्यको दायित्वमा रहेका शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रलाई पनि परिवर्तन गर्ने लक्षण देखिएको छैन । ” विश्वमा औसत प्रतिव्यक्ति आय वार्षिक रु दश हजार रहेको अवस्थामा हामी एक हजारमा खुशी भएको बताउँदै डा भट्टराईले आउने बीस वर्षमा विश्वकै हाराहारीमा पुग्न हामीले औद्योगिक तथा कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टले जनताकै हितमा काम गर्ने अपेक्षा रहे पनि उनीहरू राज्यसत्ताको दोहन र सुविधा लिएर मोजमस्तीमा जीवन बिताउन थालेको विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
सरकार मधेशप्रति अनुदार भएको आरोप
३ असार, २०७५
३९ घण्टापछि ४ जनाको सकुशल उद्धार
३ असार, २०७५
पानीको बहाव बढेपछि र्याफ्टिङ प्रभावित
३ असार, २०७५
सवारी दुर्घटनाबाट ५ को मृत्यु
३ असार, २०७५
एसईईको नतिजा असार १० भित्र
३ असार, २०७५
जिशिकाद्धारा मनपरी बजेट निकासा
३ असार, २०७५
झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?
३ असार, २०७५
राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता
२ असार, २०७५