एभरेष्ट दैनिक

इन्धनको मूल्यबृद्धिका विषयमा सभामुखको रुलिङ्ग, सदन अबरुद्ध गर्ने कांग्रेसको चेतावानी

काठमाडौं, जेठ २० । संघीय संसदको बैठकमा सभामुख कृष्णबहादुर महराले नेपाल आयल निगमद्वारा शनिबार (हिजो) गरिएको पेट्रोलियम पदार्थको मुल्य बृद्धिका विषयमा सरकारको नाममा रुलिङ्ग (ध्यानाकर्षण) गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठक शुरु हुनसाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले सभामुखसँग समय मागेर बोल्दै सरकारले सम्बृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउँदै ३ महिनाको अवधिभित्रमा ५ पटक पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्नाले जनतालाई मार परेको भन्दै मुल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरेका थिए । सांसद मुसलमानले अहिलेसम्म डिजलमा प्रति लिटर १८ रुपियाँ बृद्धि भैसकेको हुँदा यसबाट सिँचाईका लागि जेनेरेटल चलाउनु पर्ने कृषकहरु ज्यादै ठूलो मारको परेकाले पनि पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरे । मूल्यबृद्धि फिर्ता नलिए आफूहरु सदन अबरुद्ध समेत गर्न बाध्य हुने भन्दै सरकारलाई चेतावनी समेत दिए । पेट्रोलियम पदार्थमा लगातार मुल्य बृद्धि हुँदा अहिले ट्याक्सी समेत मिटरमा जान नमान्ने गरेको यथार्थ बताउँदै सांसद मुसलमानले पेट्रोलियम पदार्थको मुल्य बृद्धि हुँदा खाद्यान्न लगायत दैनिक उपभोग्य सामाग्रीमा समेत प्रत्यक्ष असर परेर मुल्य बृद्धि समेत हुने भएकाले यसलाई अबिलम्ब फिर्ता लिनु पर्ने बताए । प्रतिपक्षी दलका सांसद मुसलमानले मुल्यबृद्धिका विषयमा बोलेर सदन अबरुद्ध गर्नेसम्मको चेतावनी सरकारलाई दिए पछि सभामुख कृष्णबहादुर महराले बैठकमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभाको बैठकमा आज पनि आब २०७५÷०७६ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको सामान्य छलफल जारी रहेको छ भने छलफलमा दलीय आधारमा सांसदहरुले बजेट माथि केन्द्रीत रहेर धारणा राखिरहेका छन् । यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा बजेट माथिको सामान्य छलफल सकेर अर्थमन्त्री डा।युवराज खतिवडाले विभिन्न राजनीतिक दलका सांसदहरुले छलफलका क्रममा आजसम्म उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची समेत रहेको छ ।