प्रदेश चारको नाम ‘गण्डकी’ राजधानी ‘पोखरा’
२२ जेठ, २०७५
कास्की, जेठ २२ । अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो। प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम राख्नुपर्ने सुझाव दिएका हुन्। एकीकरण अघिको एमाले र दुईवटा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरुले ‘गण्डकी प्रदेश’ नाम राख्न सहमति जनाएका हुन। सत्ताघटक अर्को दल साविकको माओवादी केन्द्रले भने लिखित सुझाव बुझाएन। नयाँ शक्ति पार्टी नेपालले भने ‘गण्डकी तमुवान’ ‘गण्डकी’ र ‘अन्नपूर्ण’ मध्ये कुनै नाम राख्नुपर्ने सुझाव दिएको थियो। यस्तै, प्रदेशको राजधानी पोखरा राख्न माओवादी केन्द्रबाहेकका सबै दलले सहमति सहितको सुझाव दिएका छन्। सोमबारको प्रदेशसभा बैठकमा समितिका ज्येष्ठ सभापति विन्दु कुमार थापाले संख्यात्मक प्राथमिकताको आधारमा क्रमशः गण्डकी, तमुवान मगरात, गोरखा र धौलागिरीलाई प्रदेश नाम राख्न सकिने सुझाव सहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरे। आजको नागरिक दैनिकमा समाचार छ ।
कञ्चनपुरमा काम नगर्नेलाई नै बढि ठेक्का !
२२ जेठ, २०७५
पाँच किलो अफिमसहित तीनजना पक्राउ
२२ जेठ, २०७५
सरकारी कर्मचारीलाई ईमेल अनिवार्य
२२ जेठ, २०७५
२० लाख विद्यार्थीको पढाई विग्रियो
२२ जेठ, २०७५
कहाँ पुग्यो कर्मचारी समायोजन पक्रिया ?
२२ जेठ, २०७५
युवतीलाई भारत लैजाने तीन जना पक्राउ
२१ जेठ, २०७५
नेकपालाई नयाँ दल दर्ता गर्न फेरि झमेला !
२१ जेठ, २०७५