एभरेष्ट दैनिक

बाबुछोरीले चलाएको विश्व चर्चित सेक्स रेष्टुरेण्ट

काठमाडौं । चीनको बेइजिङको ‘एस एण्ड रेष्टुरेण्ट’ अहिले विश्वभर चर्चाको शिखरमा छ । सेक्स सेवा दिने यो रेष्टुरेण्टका हरेक सामान सेक्ससँग सम्बन्धित छन् । रेष्टुरेण्टमा प्रयोग गरिएका हरेका समानले सेक्सको प्रतिकात्मक झल्को दिन्छन् । यहाँ स्तनको आकारमा कप रहेको छ । लिङ्गको आकारमा बियर ओपनर छ । यहाँ वेटरले लगाउने एप्रोनमा सेक्सका चित्रहरु कोरिएका छन् । आलमारीमा नग्न डल्स राखिएको छ । रेष्टुरेण्टका सबै पर्खालमा सेक्स साधन र महिलाको नग्न चित्र बनाइएको छ । रेष्टुरेण्टको प्रवेशद्वारदेखि भित्रसम्म कुनै त्यस्तो स्थान छैन जहाँ सेक्स सम्बन्धी कुनै चित्र नभएको होस् । रेष्टुरेण्ट मालिक लुलुका अनुसार बितेको पाँच हजार वर्षदेखि भोजन र सेक्स मानिसहरुका लागि अत्यावश्यकीय हुन पुगेको छ । मानिसलाई सबै भन्दा पहिला यिनै दुई चिजको भोक लाग्ने लुलुको भनाइ छ । यसर्थ यो रेष्टुरेण्टमा सबै कुरा भुलेर खाना र सेक्सका बारेमा सन्तुष्टि लिने मिल्ने बनाइएको उनको दावी छ । बाबुछोरी मिलेर सञ्चालन गरिएको सो रेष्टुरेण्टको किचन बाबुले हेर्छन भने बाँकी काम छोरीको जिम्मामा लगाइएको छ । यो रेष्टुरेण्टमा पाइने सबै खानेकुराहरुको नाम पनि अश्लील नै छन । एजेन्सी