एभरेष्ट दैनिक

कुन समितिको बस कुन रुटमा चल्दैछन् ? (सूचीसहित )

काठमाडौं, वैशाख २१ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ । क्यू फ्री भएकाले गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउँछन् । तर भाडा भने सरकारले तोकेभन्दा बढी लिन पाइने छैन । सिन्डिकेट कायमै राख्नुपर्ने पक्षमा रहेका केही यातायात व्यवसायीहरुले गाडी नचलाएपछि यातायात व्यवस्था विभागले लामो तथा छोटो दुरीका बिभिन्न रुटमा गाडी चलाउने व्यवस्था मिलाएको जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा साझा, मयुर, शुुभकामना, अन्नपूर्ण र बज्रबाराहीका बस चलाउने व्यवस्था मिलाइएको छ । यसअघि धनगढी–काठमाडौं रुटमा चल्ने गरेको घोडाघोडी यातायातका बसले पनि काठमाडौंभित्रै सेवा दिने जानकारी पाएको विभागले जनाएको छ । कुन रुटमा कुन गाडी चल्दैछन् ? इलाम, काकडभिट्टा, भद्रपुर, धरान, विराटनगर, चतरा– साकिरा यातायातका बस । सुर्खेत, नेपालगन्ज, दैलेख, जाजरकोट रुट– बुलबुले, देउती र नागरिक यातायातका बस । काठमाडौं–रोल्पा– रोल्पा यातायातका बस । काठमाडौं–प्युठान– नमस्ते प्यूठानका बस । रोल्पा–नेपालगन्ज– आशिर्वाद यातायातका बस । रुकुम–काठमाडौं– रुकुम यातायात प्रालिका बस कोहलपुर, सुर्खेत, काठमाडौं– मेट्रो सर्भिसका बस । बर्दिया, बुटवल, काठमाडौं– भेरी यातायातका बस अर्घाखाँची–बुटवल– लंका यातायातका बस काठमाडौं, दाङ, नेपालगन्ज, रोल्पा– स्मार्ट नेपालका बस । दाङ–काठमाडौं– मालिका कालिका र सहारा यातायाका बस काठमाडौं, चितवन र पोखरा– हरियो नम्बर प्लेटका टुरिस्ट बस । काठमाडौं–जनकपुर– चुरिमाई यातायात । सर्लाही–जनकपुर– रातुकमला । भक्तपुर–काठमाडौं– शुुभकामना यातायात ।