हिमालयन ट्रान्सबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययन
२४ बैशाख, २०७५
काठमाडौँ । नेपाल–चीन हिमालयन ट्रान्सबोर्डर रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन हुने भएको छ । दुई देशका रेल अधिकारीबीच चीनको राजधानी बेइजिङमा भएको वार्तामा यस्तो सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । अध्ययन चिनियाँ प्राविधिकहरूले गर्नेछन् । यसका लागि आवश्यक आर्थिक सहयोगसमेत चीन सरकारले नै गर्नेछ । चिनियाँ प्राविधिकले अध्ययन गरी भदौ १५ सम्म प्रतिवेदन पेश गर्ने मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले राससलाई जानकारी दिनुभयो । अध्ययन एवं अवलोकन भ्रमणका लागि मन्त्रालयका सचिव मधुसूदन अधिकारीको नेतृत्वमा वैशाख १५ गते सात सदस्यीय प्रतिनिधिमण्डल चीन गएको थियो । प्रतिनिधिमण्डलमा प्रवक्ता शर्मा, मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्यलगायत सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलले चीनमा रहेको रेलमार्गको पूर्वाधारबारे साताव्यापी अध्ययन सकेर शनिबार नेपाल फर्किएको थियो । चीन सरकारको निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल त्यसतर्फ गएको हो । “भ्रमणका अवसरमा केरुङ–काठमाडौँ ७५ किमी रेलमार्गको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार पार्ने र नेपालको भौगर्भिक अवस्थाले पनि नयाँ प्रविधि प्रयोग गर्नुपर्ने भएकाले रेलमार्गको सम्भाव्यता अनुसन्धान गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो । चीनले नेपालका रेल अधिकारीलाई तालीम दिने र रेल नेटवर्क विस्तारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । दुई देशबीचको वार्ताका क्रममा चिनियाँ रेल प्रशासनका अधिकारीहरुले नेपालमा रेल मार्गको विकासका लागि राष्ट्रपति सी जिन पिङले उच्च प्राथमिकता दिनुभएको सुनाएका थिए । राष्ट्रपति जिन पिङले रेल प्रशासनका अधिकारीलाई नेपाललाई रेल मार्गको पूर्वाधारमा सक्दो सहयोग गर्न निर्देशन दिनुभएको वार्ताका क्रममा रेल मन्त्रीले नेपाली प्रतिनिधिमण्डललाई सुनाउनुभएको थियो । यसअघि गत मंसिरमा चीनको राष्ट्रिय रेल प्रशासनका अधिकारी उक्त विषयमा छलफलका लागि नेपाल आएका र आगामी पुसअगावै ं थप छलफलका लागि नेपाल आउने प्रवक्ता शर्माले जानकारी दिनुभयो । चीनको अग्लो भागबाट नेपालमा रेल झार्न कस्तो प्रविधिको प्रयोग गर्ने भन्ने सन्दर्भमा चिनियाँ प्राविधिकले गर्ने अध्ययन अनुसन्धानमा सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । विश्वमा अहिलेसम्म यति भिरालो स्थानबाट रेल नचलेको मन्त्रालयले जनाएको छ । रासस
गोली प्रहारबाट एक युवाको हत्या
२४ बैशाख, २०७५
चलचित्र ‘मालिका’ को साइतमै छायाँकन सुरु
२४ बैशाख, २०७५
किशोरकिशोरीको सेक्ससम्बन्धी यस्तो छ रोचक तथ्य
२४ बैशाख, २०७५
कस्तो अचम्म ! विवाहअघि सेक्स गर्दा यस्तो सजायँ
२४ बैशाख, २०७५
यौनशक्ति बढाउन यी घरेलु उपाय अपनाउनुहोस्
२४ बैशाख, २०७५
लगातार महँगियो सुनचाँदीको मूल्य !
२४ बैशाख, २०७५
धनगढीको क्यासिनोबाट थप एक मलेसियन नागरिक पक्राउ
२४ बैशाख, २०७५
चुटकिला : कुकुरको दिमाक
२४ बैशाख, २०७५
किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी
२४ बैशाख, २०७५
‘राणाभन्दा गणतान्त्रिक सरकार अनुत्तरदायी’
२४ बैशाख, २०७५