एभरेष्ट दैनिक

मालेका पोलिटब्यूरो सदस्य रिमाल निष्कासित

काठमाडौं, बैशाख १६ । नेकपा मालेको पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । वैशाख ११ गतेदेखि शनिबार सम्म चलेको बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई पार्टी विरोधी गतिविधिमा संलग्न भएको ठहर गर्दैै रिमाललाई कारबाही गरेको हो । पार्टी विधानको धारा ४७ कोे उपधारा ४ बमोजिम पार्टीका सबै जिम्मेवारीबाट मुक्त गर्दै बैठकले १५ बुुँदे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव पारित गरेको छ । बैठकले महासचिव सिपी मैनालीद्वले प्रस्तुुत गरेको वर्तमान राष्ट्रिय राजनीतिक तथा सांगठनिक पक्षको ठोस विश्लेषणसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ । बैठकले केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकद्वारा गठित संगठन तथा संघर्षको आगामी कार्ययोजना मस्यौदा समितिले तयार गरी प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरी केन्द्रीय कमिटीको आठौँ पूर्ण बैठकमा पठाउने निर्णय गरेको छ ।