एभरेष्ट दैनिक

बर्दी त्याग्न तयार छु तर अपराधीलाई उन्मुक्ति दिनेछैन -एसएसपी पाेखरेल

काठमाडौ, वैशाख १५ । काठमाडौं प्रहरी परिसर वरिष्ठ प्रहरी उपरिक्षक विश्वराज पोखरेलले समाजमा हुने विभिन्न खाले अपराधमा संमलग्न अपाधीहरूलाई कुनै पनि हालतमा उन्मुक्त नदिने वताएका छन् । राजधानीकाे चन्द्रागिरि नगरपालिका ११ मा महानगरीय प्रहरी प्रभाग वलम्वुले अायाेजना गरेकाे महिला हिंसा विरूद नारी अावाज तथा नागरिक सुनुवाइ कार्यक्रम वाेल्दै वरिष्ठ उपरिक्षक विश्वराज पोखरेलले अाफु प्रहरी सेवामा रहुनजेल अाफुपनि कानुनकाे परिधिभित्र रहेर काम गर्ने र अरूलाई कानुनकाे दायरामा ल्याउने वताएका हुन । उनले भने, ‘अाफु मृत्यु काे चितामा जल्दा सम्म पनि काेहि पनि अाफु संग साथ नहुने कुरा स्पष्ट थाहा छ साे कारणले अाफु पनि ले वाचुनजेल न्यायकाे पक्षेमा लडिरहन्छु,महिला माथी हुने हिंसा विरूद कसैले अाैंला उठाउछ र अन्यायकाे पक्षमा लाग्छ भने पनि वरू वर्दि त्याग्न तयार छु कसैलाई उन्मुक्ति दिनेछैन ।’ फरक प्रसंगमा कुनै प्रहरीले गल्ती गर्दैमा प्रहरी संगठनलाई एउटै नजरले हेर्ननहुने समेत वताए । कार्यमा वाेल्दै महानगरीय प्रहरी प्रभागका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले चन्द्रागिरि जनघनत्वकाे हिसावले वढि भए पनि प्रहरीकाे सङ्ख्या कमि रहदा रहदै सिमित स्रोत र साधन विच अपराध नियन्त्रणमा कुनै कसर वाकी नरहेकाे वताए । कार्यक्रममा चन्द्रागिरि नगरपालीका मेयर घनश्याम गिरीले स्थानीय निकाय र सुरक्षा निकाय विचकाे समन्वय वाट मात्र अपराध जन्य हिंसात्मक गतिविधिलाई निरूसाहित गर्न सक्ने वताए ।कार्यक्रममा समाजसेवी देवेन्द्र प्रधानले समाजमा शून्य अपराध मुत्त समाज निर्माणमा समाजकाे हरेक नागरिकहरूकाे अतुलनीय भुमिका रहने अाैल्याए । चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले अपराधीहरूलाई कुनै पनि हालतमा भननुसकाे परिपाटीमा नलाग्ने वताए । ८ चन्द्रागिरि नगरपालिका १ का वडा अध्यक्ष सन्ताेस खड्काले वर्तमान पुलिसिङलाई सुधारकाे पक्षमा ल्याउन जरूत रहेकाे वताउदै नागरिककाे सुरक्षामा प्रहरी र वडावाट सकारात्मक सन्देश पैदा गराउनेमा जाेड दिए । महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शर्मिला गुरूङले महिला हिंसा विरूदकाे नाटक र वलम्वु प्रहरीले गरेकाे कार्य प्रगति रिपोर्ट समेत प्रस्तुत गरेकी थिईन ।कार्यक्रममा स्थानीय समाजसेवी,नागरिक समाज,राजनीतिक दलका प्रतिनिधि,बिद्यार्थी ,लगायतकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।