बोली फेरिएन प्रधानमन्त्रीको: दुई बर्षपछि पनि उस्तै भाषण
१३ बैशाख, २०७५
काठमाडौं, वैशाख १३ । भूकम्पले धरहरा ढालेको ठीक तीन बर्ष पुगेको दिन बुधबार धरहराको फदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे, ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’ २०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए, ‘म भन्छु हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा ।’ ओलीले उही स्थानमा उस्तै गरी भाषण गर्दा समय भने दुई बर्ष तीन महिना बितिसकेको छ । तर यसबीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ । त्यही पनि ओलीले भने दुई बर्ष तीन महिना अघिको बाचा बिर्सेझैं गरी बुधबार फेरी भन्न भ्याइहाले ‘म इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर, म आउन तयार छु ।’ जसरी ओलीको बोली फेरिएको छैन भूकम्पले लडाएको धरहराको स्वरुप तीन बर्ष बितिसक्दा समेत फेरिन सकेको छैन । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
धनी भए नेपाली: अब नेपालीको प्रतिव्यक्ति आय बढ्यो
१३ बैशाख, २०७५
१० युवालाई मार्क्सवाद पढाउने
१३ बैशाख, २०७५
अव बंगलादेश–भारत–नेपाल सीधा बससेवा
१३ बैशाख, २०७५
पेस्तोल र लागुऔषधसहित विराटनगरबाट सात भारतीय समातिए
१३ बैशाख, २०७५
किमसँग भेट्नु अघि ट्रम्पलाई मुनले भेट्ने
१२ बैशाख, २०७५
मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या
१२ बैशाख, २०७५
महिलाले चरम यौनसन्तुष्टि कसरी प्राप्त गर्ने ?
१२ बैशाख, २०७५
नेपालीको प्रतिव्यक्ति आय एक लाख नाग्यो
१२ बैशाख, २०७५
मेरो प्राथमिकता कृषिमा आधारित उद्योग : प्रचण्ड
१२ बैशाख, २०७५
च्याम्प चितवन २०७५ को उपाधि सेलिसा र अभियानलार्इ
१२ बैशाख, २०७५
११ हजार कुमारीकाे हत्या र ‘भर्जिन’ काे उत्पत्ति
१२ बैशाख, २०७५