एभरेष्ट दैनिक

१२ बजेको अपडेटः नेप्से कारोबार २७.९२ प्रतिशतले बढ्यो

काठमाडौं । साताको पहिलो दिन कारोबार भएको एकघण्टाको अवधिमा नेप्से २७ दशमलव ९२ अङ्कले बढेको छ । कारोबार शुरु भएदेखि बढेको बजार १ हजार ४ सय १६ दशमलव २३ विन्दुमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव शून्य १ प्रतिशतले बढेको छ । कारोबार भएका १ सय २५ कम्पनीको रू। २१ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । नेप्सेमा कारोबार भएका ९ समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । नेपाल बैङ्कको प्रतिकित्ता रू। ३ सय ६८ मा रू। १ करोड २४ लाख बराबरको शेयर कारोबार भएको छ ।