माओवादी केन्द्रीय कार्यालय बैठकमा एमालेसँगकाे एकताबारे छलफल जारी
९ बैशाख, २०७५
काठमाडौं, वैशाख ९ । एमालेसँग पार्टी एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रीय कार्यालयको बैठक बसीरहेको छ । आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको हो । प्रचण्ड निवास खुमलटारमा जारी बैठकमा अध्यक्ष प्रचण्डले एकतामा हालसम्म भएको प्रगतिबारे जानकारी गराउने छन् । दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात आज एकता घोषणा गर्ने तयारी थियो तर, केही प्राविधिक विषयमा कुरा नमिलेपछि एकता घोषणाको अर्को मिति निश्चित भएको छैन । यसबाट एकता हुने कि नहुने भन्ने अन्योल बढिरहेका बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मन्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् । माओवादी नेता जनार्दन शर्माले एकता हुनेमा शंका गर्नै नपर्ने बताए । उनले भने, ‘केही कुरा मिल्न बाँकी भएकाले केही दिन पछि सरेको हो । एकता हुन्छ ।’ उनले आइतबारको केन्द्रीय कार्यालयको बैठक पनि एकता गर्ने विषयमा नै केन्द्रित हुने बताए । चुनाव चिह्न, जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । ओली र प्रचण्डबीच हुँदै आएका छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन ।
प्रचण्डको अपिल : कम्युनिष्ट पार्टीहरु एक होऔं
९ बैशाख, २०७५
रविनलाई स्वर्ण, फुपुल्हामु फाइनलमा पराजित
९ बैशाख, २०७५
ओली र दाहालबीच दुई घन्टा वार्ता
९ बैशाख, २०७५
‘नेकपाले कतै पनि सैन्य वेशक्याम्प बनाएको छैन’
८ बैशाख, २०७५
गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ
८ बैशाख, २०७५
नगरप्रमुख श्रेष्ठमाथि आक्रमण
८ बैशाख, २०७५
अपडेट: जीप दुर्घटनामा ४ जनाको मृत्यु, १६ घाइते
८ बैशाख, २०७५