एभरेष्ट दैनिक

कांग्रेसको सिट खोस्दै जाजरकोटको नलगाड उपप्रमुखमा माओवादी केन्द्र विजयी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  निर्वाचन आयोगका अनुसार नगलगाडको उपमेयरमा देवका लामिछाने ४२७२ मत ल्याई निर्वाचित भएकी हुन्।  २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकी सरिता सिंह विजयी भएकी थिइन्। २०८० कात्तिकमा जाजरकोटमा आएको भूकम्पमा परी सिंहको निधन भएपछि रिक्त पदपूर्ति गर्न नलगाड नगरपालिकामा अहिले उपनिर्वाचन गरिएको हो।