कांग्रेसको कोशी प्रदेश सम्मेलन शेखरले बहिष्कार गर्ने
२२ मंसिर, २०८१
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने तय भएको छ । उनी शुक्रबार नै विराटनगर पुगिसकेका छन् । सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा प्रदेश कार्यसमितिको वार्षिक कार्य प्रगतिको समीक्षाका साथै आगामी रणनीतिबारे छलफल गरी निर्णय गरिनेछ । कोशीमा संघीयतापछि पहिलोपटक सम्मेलन हुन लागेको हो । संस्थापनइतर पक्षका नेता शेखर कोइरालाले भने आफ्नै प्रदेशको सम्मेलन पनि बहिष्कार गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै प्रदेशको सम्मेलन बहिष्कार गर्ने भएका छन् । स्रोतका अनुसार, वरीयता विवाद भएपछि शेखर विराटनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका हुन् । उनले सभापति देउवापछिको वरीयतामा दाबी गरिरहेका छन् तर दोस्रो वरीयतामा उपसभापति खड्का छन् । अरु सबै शीर्ष नेता विराटनगर पुगिसक्दा कोइराला भने आज चितवनमा हुने दुईवटा शोकसभामा सहभागी हनु लागेको उनको सचिवालयले जनाएको छ ।
मेरो पालो अझै १८ महिना छ : प्रधानमन्त्री ओली
२० मंसिर, २०८१
सुनको मूल्यमा प्रतितोला तीन सयले वृद्धि
२० मंसिर, २०८१
जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु
२० मंसिर, २०८१
आज जनकपुर र पोखरा तथा काठमाडौं र सुदूरपश्चिम भिड्ने
२० मंसिर, २०८१
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
१९ मंसिर, २०८१
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ: प्रचण्ड
१९ मंसिर, २०८१
सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार
१८ मंसिर, २०८१
नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर
१८ मंसिर, २०८१
घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?
१७ मंसिर, २०८१

