३२ जिल्लाका १७७ वनमा आगलागी
१३ चैत, २०७४
काठमाडौँ । गर्मीयाम शुरु भएसँग मुलुकका ३२ जिल्लाको १७७ वनमा आगलागी भएको छ । वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् । विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिनुभयो । “देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उहाँले भन्नुभयो । गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो । रासस
आगलागीमा तीन लाख क्षति
१३ चैत, २०७४
नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचिकृत
१३ चैत, २०७४
दिउँसो १ बजे राष्ट्रियसभामा बैठक बस्दै
१३ चैत, २०७४
बीमांक योगदानभन्दा बढी उपचार खर्च
१३ चैत, २०७४
नलगाड नदीको लाप्कोबाट खसेर मृत्यु
१३ चैत, २०७४
बाँसको भाटाले हानेर श्रीमतीको हत्या
१३ चैत, २०७४
बजारमा यस्तो छ सुनचाँदीको मूल्य अवस्था ?
१३ चैत, २०७४
तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ
१३ चैत, २०७४
वडा सदस्यको घरमा अागलागी, १५ लाखको क्षति
१३ चैत, २०७४
बाघ नियन्त्रणका लागि टोली परिचालन
१३ चैत, २०७४
वडा सदस्यको घरमा आगलागि, रु १५ लाखको क्षति
१३ चैत, २०७४
दुई सैनिक पोखरीमा मृत फेला
१३ चैत, २०७४