एभरेष्ट दैनिक

खानेपानी मन्त्री बीनाको कञ्चनपुरमा भव्य स्वागत, भनिन्- विकास र समृद्धिका लागि सशक्त भूमिका निर्वाह गर्ने छु, हेर्नुस् भिडियो

कञ्चनपुर, चैत्र १७ । मन्त्री भउपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको जिल्लबासीले भव्य स्वागत गरेका छन् । मन्त्री बीनाले स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै, ‘तपाइहरुको स्नेह र मायाका अगाडि मसँगका बोल्नका लागि कुनै शब्द छैन् । कुन शब्दले म यहाा सम्बोधन गरु ? म आज शब्द बिहिन भएको छ ।’ मन्त्री बीनाले अगाडि भनिन्,‘कञ्चनपुर सँगै समग्र नेपालको विकास र समृद्धिका लागि मेलै सशक्त भूमिका निर्वाह गर्ने छु । ७ नम्बर प्रदेशका नागरिकले म र वाम एकता प्रति देखाएको स्नेहलाई ख्याल गर्दै कञ्चनपुर १ र सात नम्बर प्रदेशको शिर उचो पार्नका लागि मैले सशक्त भूमि खेल्नु छु ।’ गत मंसिरमा निधन भएका पति प्रकाश दाहाल र क्यान्सरका कारण निधन भएकी अमाजुदिदी ज्ञानु दाहालको स्मृतिमा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर रोगको जाँच अभियानका लागि मन्त्री मगर आज गृहजिल्ला पुगेकी हुन । भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिइन । त्यसअघि प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा शनिबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताउनुभयो । ‘स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा ईंगित गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ,’ उहाँले भन्नुभयो, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’ सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताउनुभयो । उहाँले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरि आयोजना निर्माणको कामले तीव्रता पाएको जानकारी दिनुभयो ।