एभरेष्ट दैनिक

नेपाल र नेदरल्यान्ड्सबीचको खेल शुरु, नेपाल बलिङ गर्दै

काठमाडौं, चैत्र ३ । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आज सातौं स्थानको खेलमा नेदरल्यान्ड्सले नेपाल विरुद्ध ब्याटिङ गरिरहेको छ। जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर नेरल्यान्ड्सले ब्याटिङ गरिरहेको हो। बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता पाए पछि यो नेपालको पहिलो खेल हो । आजको खेलको जित हारले अघिल्लो यात्रामा कुनै अर्थ राख्दै । तर यसअघि नेपाल र नेदरल्यान्ड्सबीच चार खेल भएकोमा २२ खेल जितेका छन् । आज जित्नेले आफूलाई अवल सावित गर्ने छ । बिहीबार नै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो। एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहन्छ। नेपाली टिम आज पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी ।