एभरेष्ट दैनिक

गायक आदित्य नारायण प्रहरी खोरमा, यस्तो छ आरोप

कुनै समय नेपाल र भारतका करोडौं फ्यानहरूका ढुकढुकी  गायक उदित नारायण झाका छोरा आदित्य नारायण प्रहरी खोरमा पुगेका छन् । न्युज १८ का अनुसार उनलाई मुम्बई प्रहरीले एउटा सडक दुर्घटनाको सिलसिलामा गिरफ्तार गरेको हो । समाचार अनुसार उनको कार एउटा रिक्सासँग ठोक्किँदा रिक्सा चालक र त्यसमा सवार एक महिला यात्रु घाइते भएका थिए । प्रहरीले आदित्य विरुद्ध मुद्दा दायर गरिसकेको जनाएको छ । आदित्य पछिल्लो पल्ट पनि एउटा निजी विमानसेवाका कर्मचारीसँग अभद्र व्यवहार गरेको भनेर चर्चामा हेका थिए । उनले ती कर्मचारीलाई ‘मुम्बई पुगेर देखाइदिने’ धम्की दिएको भिडियो सार्वजनिक भयाएको थियो । त्यस घटना पछि उनलाई कलेज पढ्दै गर्दा पनि सुरक्षा गार्डसँग अभद्रता गरेको आरोपमा केही दिनका लागि निलम्बन गरिएको चर्चा समेत सुनिएको थियो ।