एभरेष्ट दैनिक

बाबु कसलाई निष्ठुरी नबन भन्दैछन् ?

चर्चित गायक तथा नायक बाबु बोगटीले ‘सपनीमा’ बोलको अडियो गीत आफ्नो निजी युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । उनले यो गीत आफ्नो पुरानो एल्बम ‘रेस्पेक्ट’ मा समावेश गरेका थिए । उनले यो गीतको भिडियो नबनाएता पनि अडियो नै सार्वजनिक गरेका छन् । गीतमा संगित तथा स्वर गायक बाबु कै रहेको छ । खेम रिजालको शब्द रहेको यो गीतमा मोडल रुक्मिला अधिकारीको फोटो र बाबु आफु स्वयंको फोटोको भिडियो बनाइएको छ । अडियोलाई तुल्सी इन्टरटेन्मेन्टद्वारा बजारमा ल्याइएको हो । हेर्नुहोस् भिडियो–