एभरेष्ट दैनिक

नेपालको शानदार बलिङ, हङकङको पाँचौ विकेट पतन

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपाल हङकङसँग भिडिरहेको छ । नेपालले हङकङविरुद्ध नेपालले पाँचौ सफलता हात पारेकाे छ। हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्ले रन आउट गराएका हुन् । यसअघि सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए । सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए । हङकङको पहिलो विकेट भने बसन्त रेग्मीले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।