एभरेष्ट दैनिक

वामगठबन्धनले सरकारमा अाउनुस पनि भनेन : राजपा

काठमाडौं, फागुन ९ । राष्ट्रिय जनता पार्टी नेपालले नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सरकारमा सहभागिताका बारेमा आफुहरुसंग छलफल नै नगरेको गुनासो गरेको छ । ‘हामीले सरकारमा आउँछौँ भन्ने कुरो भएन उहाँहरुले कुनै प्रकारको छलफलका लागि प्रस्ताव समेत गर्नुभएन’ एक नेताले भने ‘सायद हाम्रो आवश्यक्ता परेन होला । ‘ यसअघि ओली सरकारमा राजपा फोरम सहभागि हुन ग्रिन सिग्नल भन्ने खालका समाचार अाएका थिए त भन्ने प्रश्नमा उनले भने ‘त्याे मलार्इ थाहा भएन । ‘ नाम उल्लेख नगर्ने सर्तमा राष्ट्रिय जनता पार्टी नेपालका एक शिर्ष नेता यादवले भने संघिय समाजवादी फाेरमका कारण वर्तमान सरकारमा हाम्राे सहभागीता नहुने प्राय निश्चित छ । उहाँ (फाेरम नेपाल)हरु सके अाफु सरकारमा जाने नसके हामीलार्इ जान नदिने खेलमा हुनुहुन्छ ।