बन्दुक राख्न पाउने नियम सुधार गर्ने पक्षमा अमेरिकी राष्ट्रपति
८ फागुन, २०७४
वासिंटन, फागुन ८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बन्दुक राख्न पाउने नियममा सुधारको पक्षमा समर्थन जनाएका छन् । कुनै पनि नागरिकलाई बन्दुक राख्न इजाजत दिनु अघि उसको पृष्ठभूमिलाई सूक्ष्म ढंगबाट जाँच गर्नु पर्ने प्रस्तावमा उनले समर्थन गरेका हुन् । ह्वाइट हाउसकाअनुसार ट्रम्पले रिपब्लिकन सीनेटर जोन कार्निङले प्रस्तुत गरेको विधेयकका विषयमा छलफल गरेका छन् । यो विधेयक अमेरिकी कंग्रेसबाट पास हुन भने बाँकी छ । चुनावी अभियानका क्रममा भने ट्रम्प बन्दुक नियन्त्रणको विरोधमा उभिएका थिए । फ्लोरिडाको एक विद्यालयमा एक जना पूर्व विद्यार्थीले १७ जनाको हत्या गरेपछि बन्दुक राख्न पाउने विधेयकका पक्षमा थप प्रगति भएको हो । अमेरिकामा कुनै पनि व्यक्तिले बन्दुक खरिद गर्नु अघि लाइसेन्सधारी डिलरले खरीदकर्ताको पृष्ठभूमि जाँच गर्ने व्यवस्था छ । अमेरिकामा गत बर्षमात्र २ करोड २५ लाख व्यक्तिले बन्दुक खरीद गर्न आवेदन दिएका थिए । आपराधिक पृष्ठभूमि र मानसिक स्वास्थ्य ठीक नभएकाले मात्र कानुनी रुपमा बन्दुक किन्न नपाउने व्यवस्था छ । तर, पछिल्ला घटनाहरुमा भने अरु पृष्ठभूमिका व्यक्ति पनि बन्दुक आक्रमणमा संलग्न भएको पाइएको छ ।
क्यान्सरको औषधि नेपालमै उत्पादन हुने
८ फागुन, २०७४
विप्लवकाे बन्दमा बिहानै २ ट्रकमा आगजनी
८ फागुन, २०७४
माओवादी केन्द्र अब सरकारमा जाने
८ फागुन, २०७४
अन्तरमुखी ओली, बहिर्मुखी प्रचण्ड
८ फागुन, २०७४
प्रधानन्यायाधीश पराजुलीको पाँचौं जन्ममिति !
८ फागुन, २०७४
नवलपरासीमा व्यापारी र प्रहरीबीच झडप
७ फागुन, २०७४
‘प्रदेश सरकार समावेशी बन्न सकेन’
७ फागुन, २०७४
राष्टकवि घिमिरे अस्वस्थ
७ फागुन, २०७४
युएण्टोको अध्यक्षमा अधिकारी निर्वाचित
७ फागुन, २०७४