एभरेष्ट दैनिक

माओवादीबाट प्रदेश ६ को मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीका यस्ता छन् विकासका योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट प्रदेश नम्बर ६ को मुख्यमन्त्री बनेका पूर्व उर्जामन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो प्रदेशको विकासका लागि योजना सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शाहीले आगामी दिनमा आफूले पहिलो प्राथमिकता भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यान दिदै समृद्ध प्रदेश बनाउने उद्घोष गरेका छन् । यी हुन उनका योजनाहरु १. ६ नम्बर प्रदेशमा रहेका प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने । २ . दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वाताबरण बनाउने । ३. ६ नम्बर प्रदेशका प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरुको विकास गर्ने । ४ .मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने, ५ . कर्नाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई ग्रिन प्रदेशको रुपमा विकास गर्ने